Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नेपाली समाजको वास्तविक चित्रण : ‘देश छोड्नेको लर्को’

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका आँसु जम्मा गर्ने हो भने सागर नै बन्छ । “देश छोड्नेको लर्को” म्युजिकल सिनेमाको कन्सेप्ट तयार गर्ने तथा निर्माण गर्ने रतन देवकोटाको शब्द सापटी माग्दै आजको लेख सुरु गरे ।

मानिसले देश किन छोड्छन् ? अझ नेपालीले देश छोड्नुको कारण के हो ? यसको केही कारण खोज्दै रतनले यो गीत र भिडियो बनाउने योजना बुनेका थिए । यही क्रममा एउटै बिचार र कम बजेट हुदा जोडिए निर्देशक मानव सुवेदी । सोच मिल्यो र बन्यो “देश छोड्नेको लर्को” ।

दशैको मुखमा सार्वजनिक यो भिडियोले सोचेको झै पिक लिएको छैन् । तर यसो भन्दै गर्दा भिडियो नराम्रो भन्ने अवस्था भने छैन् । हरेक क्षेत्र समेट्न खोजे पनि बिदेशीनुको कारण खोजिरहेको यो भिडियो आफ्नो उदेश्य भन्दा बाहिर भने गएको छैन् । पेन्टर कविता र सुरक्षा पन्तको मुख्य भुमिका रहेको यो भिडियोका सम्पुर्ण डाइलग मानव सुबेदीले तयार गरेका हुन् ।

अहिले हरेक नेपाली युवा मध्य ८०%( प्रतिशत) बिदेश जाने योजनामा हुन्छन् । कसैलाई सरकारले दिक्क बनाएको छ । कसैलाई सिस्टमले दुख दिएको छ । चरम असन्तुस्टीको अन्तिम बिन्दुमा छ समाज । यहाँ जस्को पनि एउटै बिकल्प बिदेश देखिन्छ । बिदेशको बिकल्प खोज्नुको साटो सबै जना बिदेश नै जान चाहन्छन् । किनकी दिनभर काम गर्दा पनि बाच्न सक्ने अवस्था छैन । काम गर्यो तलब छैन । सुरक्षा छैन । क्षमता भएर पनि पार्टी सदस्यता बिना केही गर्न सक्ने अवस्था छैन ।
मानिसले सुरक्षा खोज्छ र यो सुरक्षा कै खोजीमा स्वतन्त्र जीवन खोजेर एउटा जमात बिदेश जान्छ । समग्रमा बाध्यताको जालोले सबै बिदेशीदै छन् । अहिले बिदेशिनुको बिकल्प देखिदैन् ।

तर नया आन्दोलनको जरुरत छ भन्दै गीतले बोलेको छ । जसले राजतन्त्रको लागि आवाज उठाएको पो हो कि भन्ने लाग्छ । साथै यो गीतमा कहिकतै चर्चाको देख पनि बेच्न खोजिएको हो कि भन्ने लाग्छ । होइन भने बिना प्रसङ्गको निर्मला पन्तलाई छिराउन जरुरी थिएन । तर फेरि पनि चर्चाको पछि नपर्ने भन्ने त कुरै हुदैन । र यो भिडियो मेकर पनि त्यसमै परे ।

भिडियोमा आशाको किरण बाल्ने अपेक्षा सहित अर्को भाग आउने बताइएको छ । यो कता कता प्रकाश सपुतको झै दर्शक होल्ड गर्ने तरिका भन्ने लाग्छ । तर अर्को भाग नआउदै जज गर्न पनि सकिएन ।

रतन देवकोटाको शब्द रहेको गीतको स्वरमा समीक्षा अधिकारीले साथ दिएकि छिन् । गीतमा अर्जुन पोखरेलको संगीत तथा सन्जीव बराईलीको संगीत संयोजन रहेको छ । भिडियो सौगात धितालले खिचेका हुन् भने भिडियो सम्पादन समेत निर्देशक मानवले नै गरेका हुन् ।