Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

“बलिदान”को थिम लुक सार्वजनिक

काठमाडौँ : आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट ‘बलिदान’ को शीर्षक (थिम लुक) सार्वजनिक गरिएको छ । ‘ आसुसेन प्रा.लि तथा सन्तोष सेनको प्रस्तुती रहेको यस सिनेमामा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनको रहने छ । निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर, लेखक एवम् साधक दर्शन जी रहने छन् । स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डितको भुमिका रहने छ । कार्यकारी निर्माता चक्र ब. चन्द र प्रेम पुरी रहने छन् ।

सार्वजनिक सामग्री अनुसार कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्ग (सल्वार्टन) का बीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक / सामाजिक द्वन्द्व/ आन्दोलनहरूका उत्पति, कारण र परिणाम लाई यथार्थ चित्रण गरिने छ । यो कथा नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा यो शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशीविदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने विभत्स परिवेशलाई चित्रण गर्ने हुनाले नेपालको मधेशको त हो नै साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो, सेन ले भने ।

विषयवस्तु यथार्थ हुने स्थान तथा पात्र काल्पनिक हुने बताइएकाले यसमा काल्पनिक रङ दिएर नेपाली समाजमा भए गरेका मधेस मुद्दालगायत सबैतिर देखिने सल्वाटर्नका मुद्दालाई ससक्त रुपमा उठाउने र नेपाली राजनीतिको विहङ्गम अवलोकन गरी नेपालमा सधैं अस्थीरता फैलाइरहने कुटिल तत्वको पहिचान गरी त्यस्ता तत्व देखी सचेत भएर जुनसुकै तरिकाले बली चढाउनुपर्ने सन्देश दिइएको छ ।

तिहार लगत्तै छायांकनमा जाने गरी निर्माण टिमले तयारी गरिरहेको छ । अहिले प्रि-प्रोडक्शनको काम भइरहेको जनाइएको छ तर सिनेमामा अभिनय गर्ने कलाकार भने सार्वजनिक गरिएको छैन् ।