काठमाडौं : गायिका समिक्षाको नयाँ गीत यतिबेला बजारमा छ। समिक्षाले बुधबार आफ्नै युट्युब च्यानलबाट पोखरा बगरमा घर’ बोलको गीत सार्वजनिक गरेकी हुन्। गीतमा समिक्षालाई गायनमा तेजश रेग्मीले साथ दिएका छन्।
गीतको शब्द तथा संगीत तेजशले नै तयार पारेका हुन्। एचबिएन किस्मतले एरेन्ज गरेको गीतको अडियो डान्सिङ प्याटर्नमा आधारित छ। गीतको अडियोले सुन्ने स्रोताको ध्यान तान्छ।
त्यसो त भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा समीक्षा स्वयं आफैले डान्स गरेकी छिन्।
समिक्षासँगै भिडियोमा अभिनेता आमेश भण्डारीलाई पनि देख्न सकिन्छ। समिक्षा र आमेशको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।
आमेशले समिक्षासँग पहिलोपटक स्क्रिन सेयर गरेका हुन्। भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन्। आकर्षक फ्रेममा नवराज उप्रेतीले खिचेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।