Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘भष्मे डन’ चाहिँ मेरो ठुलो परिक्षा हो – विपिन कार्की

काठमाडौं : आगामी कार्तिक ३ गते फूलपातिको दिनदेखि सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज हुँदैछ। यो सिनेमालाई लिएर निर्माण टिम जति उत्साहित छ, त्यो भन्दा बढी उत्साहित नेपाली दर्शकहरु रहेका छन्।

‘पशुपति प्रसाद १’ भन्दा दोस्रो सिरिज झन् हिट हुने निर्माण टिमको अपेक्षा छ। सोही अनुरुप यो सिनेमालाई विशेष तरिकाले हेरिएको छ। उसो त, यो सिनेमाका मुख्य कलाकार विपिन कार्कीले ‘भष्मे डन’ एक ठूलो आसा रहेको बताउँछन्।

केही दिन अघि मात्र ट्रेलर रिलिज कार्यक्रममा विपिनले ‘भष्मे डन’ आफ्नो जीवनको ठुलो परीक्षा भएको बताएका थिए। यस अर्थमा विपिन यो परिक्षामा पास मात्रै होइन उत्कृष्ट अंक समेत ल्याउन चाहन्छन्। साथै ‘भष्मे डन’लाई आफूले एउटा चरित्रका रुपमा मात्र नभएर पहिचानको रुपमा पनि लिएको उनको भनाइ छ।

‘भष्मे डन’को कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। यो सिनेमाका निर्माता पनि खगेन्द्र नै हुन्। दिपेन्द्र के खनालले सिनेमाको निर्देशन गरेका हुन्।

विपिन कार्की, सौगात मल्ल, स्वातिमा खड्का,वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।