Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अथाह सम्पती र गीतमा एउटा रोज्न परे गीत रोज्छु : गायक हेमन्त शर्मा

काठमाडौं : गायक हेमन्त शर्मा एक त्यस्तो नाम हो जो अघिल्लो पुस्तामा गायनमा आए र अहिले सम्म पनि निरन्तर यही क्षेत्रमा स्थापित छ । उनी सङै आएका धेरै गायक गायिका अहिले पलायन भैसकेको अवस्था छ । उनी भने गायन संगीत अभिनय समेत गर्दै दर्शक स्रोता माझ चर्चित र प्रिय बन्दै गरिरहेका छन् ।

उनै हेमन्तले आफुले सम्पती र गायनमा एक रोझ्न परे गायन नै रोज्ने बताएका छन् । एक तिर अथाह सम्पती र अर्को तर्फ एउटा रामो गीत भएमा उनले गीत नै रोझ्ने बताएका हुन् ।

गीत बाटै अथाह सम्पती कमाएका उनले गीत गाएर कमाईने भएकोले समेत गीत रोझ्ने स्विकार गरे । त्यसो भन्दै गर्दा उनले आफ्नो जिवनमा संगीत महत्वपुर्ण रहेको पनि बताए । हालै मात्रै उनको “उता परेली झिमझिम भो” गीत सार्वजनिक भएको छ । गीत दर्शक माझ लोकप्रिय बन्दै गएको छ ।