काठमाडौं : यतिबेला आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सिनेमा ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले निर्देशक थापा विरुद्ध जाहेरी दिएका हुन्।
आपराधिक विश्वासघात गरेको भन्दै निर्माता बस्नेतले प्रहरीमा उजुरी दिएको बताइएको छ। निर्माता बस्नेतले ओएसआर डिजिटलका ओम अग्रवाल, मिलन श्रेष्ठ र सुदर्शन थापा विरुद्ध आफ्नो अनुमति र मन्जुरीविना नै स्वदेश तथा विदेशमा सिनेमाको विभिन्न अधिकारबाट एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको दाबी गरेको भन्दै जाहेरी दिएको बताइएको छ।
उजुरीको आधारमा प्रहरीले ओएसआरका संचालक अग्रवाललाई पक्राउ गरिसकेको छ। हाल उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।