काठमाडौं : गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वरमा ‘जिन्सको पाइन्ट कुर्थी सुहाको’ बोलको गीत सार्वनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत युरेश सिग्देल मनोजको रहेको छ । उदयराज पौडेलको एरेन्ज रहेको गीतको मिक्सिङ्ग मास्टरिङ्ग श्याम बग्दासको रहेको छ ।
भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल, युरेश सिग्देल, र अनुपा कार्कीको दमदार अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमी प्रमिकाले एक अर्काको तारिफ गरेको देखाइएको छ । भिडियोको सम्पादन दिनशन शाहले गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक केशबराज भट्टले निर्देशन गरेका हुन् ।