Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सबै बोल्दा किन बोलेनन् प्रमोद ?

काठमाडौं: यतिबेला नेपाली सिनेनगरीमा अभिनेता अनमोल केसी र सिनेमा ‘रावायण’कै चर्चा छ। ‘रावायण’ फन्डा अब नयाँ रहेन । यसलाई लिएर पुरै सिने जगत दुई भागमा बाँडिएको छ । कोही सुदर्शन थापाको पक्षमा छन् त कोही अनमोल केसीको ।

अब त बोल्न बाँकी छैन भन्दा फरक नपर्ला। दिनदिनै विवाद र दोशारोपण बढिरहेको छ ।
तर यही बीच यहाँ यस्ता एक कलाकार पनि देखिए जो मौन छन् ।

मौन रहने कलाकार हुन् प्रमोद अग्रहरी । उक्त सिनेमाको रोल आफुलाई मन परेको भन्दै उनी ‘रावायण’ टिमसँग आवद्ध भएका थिए । तर अहिले यो सब चल्दै गर्दा पनि मौन छन् । किन त ?

यसै पनि उनी सामाजिक सन्जालमा बोलिहाल्दैनन् । आफ्नो कामसंग मात्रै मतलब राख्ने उनलाई कन्ट्रोभर्सी मन पर्दैन । त्यसैले पनि होला उनी मौन छन् । बजारमा उनले नै अनमोलको रोल गरेर सिनेमा अगाडि बढाए हुने भन्ने माग पनि बढ्दै छ । तर उनी यो बारे पनि मौन नै छन् ।

सिनेमा ‘चित्रा’का लागि पोखरामा रहेका उनी यही आफ्नो सरोकार नभएको बिषयमा नबोल्नाले पनि भिन्न देखिएका छन् । तर एक थरी जमातले भने उनी नबोल्दा आश्चर्य पनि मानिरहेको छ। प्रमोदले सही गरेका छन् या गलत त्यो त उनैलाई थाहा होला ।