Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दिमाग खराब’को गीत ‘झम्के झमाझम’ : निश्वल र स्वस्तिमाको ठुम्का

काठमाडौं : निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत रिलिज भएको छ। ‘झम्के झमाझम’ बोलको नयाँ गीत निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरेको हो।

गीतमा सुमित खड्का र नम्रता काफ्लेको आवाज रहेको छ।भने, बाबुल गिरीको शब्द, संगीत, अरेन्ज अनि मिक्सिङ रहेको छ। गीत डान्सिङ प्याटर्नमा आधारित रहेको छ।

भिडियोको कुरा गर्नुपर्दा सिनेमाका अधिकांश मुख्य कलाकारहरुलाई देख्न सकिन्छ। विशेषगरी सिनेमाकी नायिका स्वस्तिमा खड्का र निर्देशक स्वयं निश्चल बस्नेतले भिडियोना ठुम्का लगाएका छन्। स्वस्तिमा, निश्चलका अलावा सुपुष्पा भट्टको आकर्षक नृत्यले भिडियो सजिएको छ।

इन्डोर सेटमा आकर्षक फ्रेमसहित भिडियो खिचिएको छ। भिडियोका कोरियोग्राफर शेखर घर्ती हुन्। सायद शेखरको कोरियोग्राफी सिनेमामा पहिलो हुनुपर्छ। यसै सिनेमाबाट शेखरले कोरियोग्राफीमा पाइला टेकेका छन्।

आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमामा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने,दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमामा आकाश बरालको कथा, सुशान प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

कार्यकारी निर्माताको रुपमा सुरज बम ठकुरी छन्। त्यस्तै, निर्माताको रुपमा भने रौनक बिक्रम कँडेल रहेका छन्। निश्चल लामो समयपछि सिनेमा निर्देशनमा कमव्याक भएका छन्। यो सिनेमा कत्तिको रुचाइने हो त्यो त प्रदर्शनपछि थाहा होला।