Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रदीपको प्रहार कसलाई हो ?

काठमाडौं : पछिल्लो सिनेमा ‘प्रेम गीत ३’पछि अभिनेता प्रदीप खड्काका कुनै पनि सिनेमा बजारले पाएका छैनन्। ‘प्रकाश’ जस्तो डार्क सिनेमाको केन्द्रीय पात्रमा आफूलाई अब्बल साबित गरिसकेका तिनै प्रदीपले राष्ट्रिय अवार्डबाट भने खाली हात हुन पर्‍यो। यसको भित्री अन्तर्य के हो ? सम्बन्धित नै जानून् ।

अब अर्को प्रसंग, यतिबेला निकै गर्मिएको घटाना निर्माणाधिन सिनेमा ‘रावायण’ र अनमोल केसीको प्रसंगलाई लिएर तिनै प्रदीप खड्काले लामो कटाक्ष आफ्नो सामाजिक सन्जाल फेसबुकमा छताछुल्ल पारेका छन् । गहिरो भावमा पोखिएका ती हरफहरुमा एक ‘तीर’ले दुबैतर्फ लाग्ने गरि लेखेको आसय यस्तो थियो :

‘भित्र्याई सकेकी दुलहिलाई सुहाग रातमा नाक मिलेन, कान मिलेन भनेर फर्काउनु अत्युक्ती हुदैन।’
‘अघिल्ला पाच सात जना सोझालाई सोझ्याउन सके पनि सबै त्यस किसिमका हुँदैनन्’ भन्ने आसय ‘रावायण’ निर्देशक सुरदर्शन थापा र अनमोल केसी दुबैलाई लाग्ने गरि आफ्नो तुष पोखिएको आभाष गराएका छन्।

‘बुढाले छोडेकी हो भनेर दाग लगाईदिइ सकेपछी पनि आफुले जिते झैं रमाउन त सकिएला , उन्नत समाजले दुलहीलाई स्विकार्न पनि समस्या नहोला । तर त्यसरी भित्र्याएकी दुलहीको ईच्छा वा आत्मविश्वास नै नरहन पनि सक्छ।’ – यो पनि प्रदीपको स्टाटसको आसयमै पर्छ।

मुल कथाको मुल पात्रमा नै विवाद आउनुले सिनेमामा दाग लागिसकेको भनाइको उनको आसयमा देखिन्छ ।

उनी अघि भन्छन्, ‘खैर! जतिसुकै समयले नेटो किन नकाटोस् , कानुनी होस् वा सामाजिक , विवाह जुन प्रकृतिको भएपनि दुलहीले माग्ने आधा अंश हो। कानुनले दिलाउने पनि त्यहि नै हो। सिनेमा कर्म भनेको घरेलु मुद्दामा अल्झिएको खेल नभई कसैका लागि धर्म, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीचबीचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौं । कानुन राजको विकल्प छैन।’

प्रदीपले यी शब्दहरु जो सुकैमाथि पोखेको भएपनि, तिनले खासै महत्व त नदेलान्। तर एउटा अब्बल र सङ्ग्लो उनको छविलाई धमिल्याउन भने मलजल पुग्ने देखिन्छ । सरोकार नै नभएका व्यक्तीलाई निशामामा राखेर यस किसिमको प्रवचन दिनु युक्ती सङ्गत हुँदैन । हुन त पछिल्ला घटनालाई केलाएर हेर्ने हो भने निर्देशक सुदर्शन थापा, र कलाकार भुवन केसीसँग त्यति न्यानो सम्बन्ध छैन। तर पनि ती दुइको तुष, सम्बन्ध नै नभएको अनमोल केसीसँग किन ठोकिएको ? सहकर्मी, सहधर्मी भई सकेपछि हातेमालो गरेर सिनेमा क्षेत्रलाई डोर्याउनु पर्छ है भन्ने ज्ञान आध्यात्मिक स्वभावका प्रदीपले बुझ्न जरुरी छ। नत्र भाइ फुटे गवार लुटे हुन जान्छ या गइसक्यो, अध्ययन गर्न हामी सुझाव मात्र दिन सक्छौँ।