Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनमोलविरुद्ध प्रदीपको कटाक्ष : विवाह अघि हो तिमी मनपर्न छोड्यो भन्ने, विवाहपछि होइन

काठमाडौं : यतिबेला नायक अनमोल केसीमाथि निर्देशक सुदर्शन थापाले दिएको उजुरीको चौतर्फी बहस भइरहेको छ। त्यसो त, आफ्नो सिनेमा माथि विश्वासघात गरेको भन्दै सुदर्शन थापाको टिमले उजुरी दिएपछि अनमोल पक्राउ परेका थिए। करिब ३ दिनको हिरासत बसाईपछि अनमोल यतिबेला हाजिरी जमानामा घर फर्किसकेका छन्।

अहिले यो विषय निकै चर्चित बनेको छ। धेरैले विभिन्न थरिका राय दिइरहेका छन्। यसैबीच, नायक प्रदीप खड्काले पनि एउटा लामो स्टाटस लेख्दै अनमोल विरुद्ध कटाक्ष पोखेका छन्। उनले उक्त स्टाटसमा कसैको नाम त लेखेका छैनन् तर उक्त स्टाटस अनमोल विरुद्ध हो भनेर ठम्याउन कसैलाई गाह्रो पर्दैन।

‘विवाह अगाडि हो तिमी मनपर्न छोड्यो भन्ने, विवाहपछि होइन’- भन्दै प्रदीपले अनमोलमाथि कटाक्ष गरेका छन्। यसको मतलब कुनै पनि सिनेमा साइन गर्नुभन्दा र एडभान्स लिनुभन्दा अगाडि हो स्क्रिप्ट मन परेन, सिनेमाको टिम मन परेन भन्ने। एडभान्स लिएर, साइन गरिसकेपछि यस्तो भन्न मिल्दैन भन्नू नै प्रदीपले लेखेको उक्त वाक्यले दर्साउँछ।

उनले थप लेखेका छन्, ‘विवाहइत्तर त सुहागरात मात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएए ल्याउनु होइन भने दुलही लानुस। म बिस्तारै दाइजो (कानुनले बर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै।’

उनले लेखेको स्टाटस हेर्दा निर्माताको पक्षमा रहेको स्पष्ट हुन्छ। निर्मातालाई डुबाउनु हुन्न भन्ने प्रदीपको स्टाटसको आसय छ। यद्यपि, उनले सार्वजनिक गरेको स्टाटसमा थुप्रै गाली आइरहेका छन्। ती गाली प्रदीप लक्षित छन्। धेरैले बाउ (भुवन केसी)को रिस छोरा (अनमोल)माथि पोखेको भनेर उनलाई आरोप लगाएका छन्।

अहिले आफ्नो स्टाटसमा गाली आउन थालेपछि स्टाटसमा केही कुरा थपेका छन् उनले। आफू एउटा कलाकार र सिनेमा क्षेत्र प्रति सरोकारवाला भएको हिसावले निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुनुपर्छ भन्नेमा आफू प्रष्ट रहेको उनले लेखेका छन्।

जे होस्, बौद्धिक नायकको रुपमा चिनिने प्रदीपले यसरी स्टाटस लेख्नु जायज नभएको धेरैको तर्क छ। आफ्नो रिस पोखेको भनेर पनि उनलाई आरोप आउन सुरु भएको छ। यसरी एकोहोरो अनमोल विरुद्ध कटाक्ष गर्नुले प्रदीप र अनमोलको सितयुद्धलाई संकेत पो गरेको होकि भन्ने अनुमान पनि यतिबेला गर्न थालिएको छ।