काठमाडौं : सिनेमा ‘रावायण’ र टिम अहिले विवादमा छ । आपराधिक विश्वाशघातको आरोपमा मुख्य नायक अनमोल केसी हिरासत बसाई पश्चात् हाजिरी जमानतमा छुटेका छन् । निर्माता तथा निर्देशक सुदर्शन थापा छलफल गरेर मुद्धा मिलाउने पक्षमा छैनन् । हिजो राति मात्रै उनले लामो स्ट्याटस पोस्ट गर्दै आफ्नो छवि नधमिल्याउन आग्रह गरेका छन् । यता अनमोल स्कृप्ट सही नभएको भनेर थाकेका छैनन् ।
यस्तोमा स्कृप्ट राईटर शिवम अधिकारी अनमोल प्रती असन्तुष्ट देखिएका छन् । उनको आक्रोश सामाजिक सन्जालमा स्पष्ट देख्न सकिन्छ । उनी मानहानीको मुद्दा दायर गर्ने तयारीमा छन् ।
यस्तोमा सिनेमा निर्माण नै अन्यौलमा परेको छ । यही क्रममा सुरसिनेमा संग कुराकानी गर्दै उनले सिनेमा त बन्ने बताएका छन् । तर अब भने अधिकारी अनमोलको लागि काम नगर्ने बताउछन् । पेचिलो बन्दै गएको यो बिषय अब कता जाने हो ? हेर्न बाकीँ छ ।


















