काठमाडौं : इज्जत के लाई गर्ने भन्ने मानिस स्वयंमले जान्नु पर्छ । किसानले जमिन कै इज्जत न गरे के खाने ? पत्रकारले कलम र क्यामेरा पर्सनले क्यामेरालाई भगवान् मान्नै पर्छ । तर कला क्षेत्रलाई हेरौँ न । यहाँ त के मान्ने ? के नमान्ने, कसको इज्जत गर्ने ? कसको नगर्ने पत्तै हुन्न । आफुलाई ठुलो देखाउन पाए पुग्यो ।
‘द भ्वाइस अफ नेपाल’को पाचौँ सिजनको चर्चा गरौँ। मिलन नेवार (जज) ले हद नै पार गरिदिइन् । त्यसो त उनलाई जजको रुपमा धेरैले मन पराएका भने छैनन् । तर पहिलो कार्यक्रममै उनको व्यवहार पचाउनै नसक्ने देखियो ।
उनले ब्लाइण्ड अडिसनमा खुट्टाले बर्जर बजाएर कुर्सी घुमाईन । यही गर्दा पहिलो सिजनमा अभया सुब्बालाई गलत रुपमा प्रस्तुत गरिएको थियो । कारण अन्य केही देखाए पनि यही बिवादको कारण उनले जजको कुर्सी छोड्नु परेको स्रोत बताउछँ । यस्तोमा मिलनको आगामी यात्रा कस्तो होला हेर्न बाकीँ छ । कहिलेकाहीँ उत्साहमा जजहरुले यो प्राक्टिस भने गर्दै नै आएको अन्य देशका शो हेर्दा थाहा हुन्छ । तर मिलन धेरै अव्यवहारिक देखिएकी छन् पहिलो दिनमा नै ।
उनी बर्जर नै नबजाएको जजले प्रतियोगीसङ्ग कुरा गर्दा बीचमा इन्टरफियर गर्न पुग्छिन् । उनी यति सम्म हावी भएकी छिन् कि अन्य जजले बोल्ने मौका नै पाउँदैनन् । प्रतिक्रिया दिन नै नपाउने भन्ने होइन । तर आवश्यक मात्रामा बोल्न सके पो इज्जत हुन्छ । होइन भने त कसले पत्याउला र ?
यसै पनि मिलनको रियालिटी शोमा जज बन्दाको छवि खासै राम्रो छैन । तर अब पनि उनी परिवर्तन नहुने हो भने यसको घाटा उनकै करियरमा पर्ने देखिन्छ ।