Sur Cinema

अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

काठमाडौं : नेपाली सिने क्षेत्रका मेगास्टार अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुरको साँगाबाट शुक्रबार प्रहरीले अनमोललाई पक्राउ गरेको बताइएको छ।

अपराधिक छलकपट गरेकाे आरोपमा अनमोल पक्राउ परेको स्रोतले बतायो। सिनेमा ‘रावायण’ की निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा उजुरी दिएकी थिइन्। दस लाख एड्भान्स लिएर पनि ‘रावायण’मा आफू आबद्ध नभएको, साइन नगरेको लगायतका कुरा गर्दै हिडेपछि अनमोल विरुद्ध उजुरी गरिएको बताइएको छ।

अनमोलले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको उक्त सिनेमालाई छोडेर अरु सिनेमामा लागेको र काम गर्ने पक्का हुँदाहुँदै पनि धोका दिएइएको भन्दै सुप्रियाले अनमोल विरुद्ध उजुरी दिएको बुझिएको छ।