Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अस्थिर एलिजा

काठमाडौं । गायिका अन्जु पन्तका श्रीमानको नाम थिर । उनी नाम जस्तै थिर पनि छन् । शान्त सालिन कम बोल्ने सोचेर काम गर्ने उनको नाम उनलाई खुब सुहाएको छ ।
तर नेपाली सिने जगतमा एक यस्ती मोडल छिन जस्लाई एक मिनेट अघि आफैले बोलेको कुराको पत्तो हुदैन् । उनलाई धेरैले अभिनेत्री त भन्छ्न् । तर उनी आफैले लगानी गरेको सुपर डुपर सिनेमा बाहेक कुनै मेकरले उनलाई पत्याएका छैनन् । भन्नेले त म्युजिक भिडियो पनि आफै लगानी गरेर खेल्छिन भन्छन् ।

हो उनी हुन् एलिजा गौतम । उनी चर्चित पत्रकार ऋषि धमलाका पत्नी पनि हुन् । धमला नेताको निकट रहने पत्रकार हुन् । उनको यही पोलिटिकल पावरको गर्दा  एलिजाले सुबास चन्द्र नेम्बाङको क्षेत्र इलाम दुईबाट उपनिर्वाचनमा लड्ने बताएकी हुन् ।

उनको पार्टी फेराई पनि अचम्म कै छ । जता पदमा पुग्न पाइन्छ उनी त्यतै फड्को मार्छिन् । केही समय अघि राजनितिमा आएको केही महिना मै राजनिति आफ्नो लागि होइन रहेछ भन्ने बुझेर समाज सेवामा लाग्ने उनी आफैले बताएकी थिइन् ।

तर थिर नभाको उनको व्यवहार र बोली हेरौ त, सामाजिक सन्जालमा हर्क साङपाङ लाई सहयोग गरेर फोटोसेसन गरेका तस्विर यसै छन् । उनी अब चुनाव लड्ने रे । हिजो राजनिती मलाई हुदै होइन भन्ने उनी अब ठुला पार्टीले अफर गरे भन्दै आएकी छिन् ।

नेता र सिनेकर्मीको बोलिको टुङो हुन्न भन्छन् । तर यो तरिकाले आफैलाई लाज लाग्ने निर्णयहरु त नगरे पनि हुने कि ?