Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दानवी’को पोस्टरमा पूजाको एङ्ग्री लुक्सलाई मिश्रित प्रतिक्रिया

काठमाडौं । नायिका पूजा शर्मा एक्सन अवतारमा देखिने भएकी छिन् । सिनेमा ‘दानवी’ मार्फत दर्शकले उनको एक्सन र एङ्री लुक हेर्न पाउने भएका हुन् । उक्त सिनेमाको पोस्टर अहिले सार्वजनिक भएको छ । उक्त पोस्टरलाई यतिबेला मिश्रित प्रतिक्रिया मिलिरहेको छ। पोस्टरलाई लिएर पूजाका फ्यानहरुले प्रशंसा गरिरहेका छन् । तर केही दर्शक भने सन्तुष्ट देखिएका छैनन् ।

त्यसो त, पोस्टर हेर्दै सस्तो अनि मिहेनत नगरिएको होकि जस्तो भान हुन्छ। साथै तस्विरमा पूजाको एक्स्प्रेसन उस्तै फितलो महसुस हुन्छ । उनलाई एङ्री लुक्समा देखाइएको त छ । तर उक्त लुक्स जति भयानक हुनुपर्ने हो त्यति नभएको पोस्टर हेर्दा स्पष्ट हुन्छ। रिसाएको देखाउन खोजिए पनि उनलाई सुहाउने मेकअप र अनुहारको फिक्का एक्स्पेसनले दर्शकलाई त्यति आकर्षक गरेको पाइएन।

प्रेम कथा र गीत चरित्रबाट उनी यो सिनेमा मार्फत बाहिर आउन खोजेकी छिन् । त्यस्तै सुदर्शन थापा क्याम्पबाट पनि बाहिर निस्किने प्रयास उनको रहेको छ । अहिलेलाई यति मै गर्व गर्ने बाहेक ‘दानवी’को पोस्टर हेरेर चित्त बुझाउने बाटो त्यति नपाइएको केही दर्शकको प्रतिक्रिया रहेको छ। आशा गरौं सिनेमाका बाँकी सामाग्रीले दर्शकको वितृष्णा मेटिनेछ।