काठमाडौं : नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे गीत बुधबार रिलिज गरेको हो।
गीतमा यसै सिनेमाका निर्देशक नारायण रायमाझी, देवी घर्ती, तेजेन्द्र गुरुङ, मम्ता गुरुङ र टीका पुनको आवाज रहेको छ। निर्देशक रायमाझीको शब्द गीतमा रहेको छ।भने, संगीत चाहिँ प्रेमदेव गिरी र नारायण रायमाझीको छ।
यता भिडियोमा चाहिँ यो सिनेमाका नायक प्रकाश सपूत, नायिका केकी अधिकारी र नायक प्रशान्त तामाङलाई देख्न सकिन्छ। शेखर घर्ती लगायतको आकर्षक नृत्य पनि भिडियोमा प्रस्तुत गरिएको छ ।
सिनेमा आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ। रमेश बिजीको सिनेमामा कथा रहेको छ। सिनेमामा राजेश वंशल र नारायण रायमाझीको लगानी रहेको छ। प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, रमा थपलिया लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।