Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पुरा गरिदियो : केकी अधिकारी

नेपालगन्ज : आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’को टिम यतिबेला नेपालगन्जमा छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई निकै तिव्रता दिएको छ।

प्रचारप्रसारकै लागि चलचित्रको टिम शनिबार नेपालगन्ज आएको हो। शनिबार नेपालगन्जका चलचित्र हलहरु भिजिट गरेको टिमले आइतबार भने ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो।

साक्षात्कार कार्यक्रममा चलचित्रका नायक प्रकाश सपुत, नायिका केकी अधिकारी र निर्देशक नारायण रायमाझीले ‘परदेशी २’को बारेमा केही कुराहरू व्यक्त गरेका थिए। पत्रकारहरुसँग बोल्दै प्रकाशले आफ्नो पहिलो चलचित्र भएकोले निकै उत्साहित भएको बताए।

त्यस्तै, केकीले ‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको बताइन्। मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको उनको भनाइ थियो। उक्त साक्षात्कार कार्यक्रममा दर्जन बढी नेपालगन्जका पत्रकारहरुको उपस्थिति रहेको थियो।