Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

के उषाले भाइरल हुनै उठाएकी हुन् “कास्टिङ काउच” को बिषय ?

काठमाडौं ।  समय समयमा कलाकार उषा रजक विभिन्न बिषयमा आवाज उठाउदै भेटिन्छिन् । एअरपोर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा आवत जावतका लागि प्रयोग हुने स्काभेटर असहज भएको भन्दै उनले केही समय अघि भिडियो बनाएकी थिइन । उनले उठाएको आवाजको परिणाम त्यहा अहिले सुधार आएको छ ।

हालै मात्रै शिक्षक आन्दोलन चल्दै गर्दा उनै उषाले अर्को पोष्ट सार्वजनिक गरिन । जहाँ उनले आफ्ना गुरु अनुप बराल माथी विभेद र कास्टिङ काउचको आरोप लगाईन । आफ्नो ठाउमा दिया मास्केलाई लिने गरेको बताईन । र अहिले उनले बराललाई माफ गरिदिएको पनि भनिनन् ।
यो घटना बाहिर ल्याउदै गर्दा उनलाई भाइरल हुन स्टन्ट गरेको आरोप लगाउने पनि बढेका छन । तर उनले उठाएका मुद्धा हेर्दा नाजायज भने लाग्दैनन ।

उनकै कारण अन्तर्राष्ट्रिय बिमानस्थलको एउटा भागमा सरल सुविधा सुरु भएको छ । उनले आफुले बोलेको अर्को कुरामा पनि आफुलाई बलियो गरि उभाउदै माफी दिएकी छन् । त्यसैले उनले स्टन्ट नै गरेको हो भन्न पनि सकिदैन ।

रजक त्यही नायिका हुन जसले आफुलाई डिम्पल देखाउन मुख बिगारेको आरोप लगाउने कमेन्टरलाई मीठो शैलीमा सम्झाउदै माया र सद्भाव बाढेकी छन् । अभिनय कै कुरा गर्द  पनि रङमन्च हुँदै आएकी उनको अभिनय क्षमताको चौतर्फी प्रसंसा भएकै हो ।

केही समय अभिनयबाट टाढिएकी उनी कमब्याक प्रयासमा लागिरहेकी छन् । यसका लागि उनको मिसेस नेपालको सहभागितालाई हेर्दा उनमा निरन्तर केही गरिरहने सोच देखिन्छ । यसबाट विवाह पश्चात् हार मान्ने धेरैले हिम्मत बटुल्न सक्छन् । तर पछिल्लो घटनामा उनी एक ठाउँ चुकेको /डराएको देखिएको छ । उनले लामो पोस्ट सार्वजनिक गरिन ।

भूषण दाहाल पनि प्रेसरमा आएर उनी फाइनल भएको कागवेनी सिनेमाको लिड रोलबात उनलाई हटाएको भनिनन् । तर उनी स्वयंमले सार्वजनिक गरेको एक स्कृन्सट भने हटाईन । भूषणले उनलाई म्यासेज गरेका थिए । संम्भवत उनी अतालिइन र स्कृन्सट लिएर सन्जाल मै पोस्ट गरिन । उनले उक्त समय सम्म । म्यासेज पनि खोलेकी थिइनन् । तर अन्त्यमा उनले पोष्ट नै गायव गरिन ।

एक नायिका जसले आफुले भोगेको विभेदबारे त बोलिन । तर खुल्दै गर्दा एक पोइन्टमा पुगेर डराईन । यो बाट महिलाले बोलिसकेर पनि कति धम्की सहनु पर्छ भन्ने स्पष्ट हुन्छ ।

खैर उषा को हिम्मतको कदर गर्नै पर्छ । उनलाई बुझ्नेले भाइरल हुन नभइ उनले गुरुको “महिमा” बताउन उक्त पोष्ट गरेको बुझ्ने छन् । अब एउटा जमात ले भाइरल हुन नै बुझ्ने त पक्का छदै छ । यदी एक ताकाकी राम्रो अभिनय गर्ने अभिनेत्री भाइरल भएर चर्चामा आउछिन् र फेरि दर्शकलाई काम देखाउने मौका पाउछिन भने त्यसलाई पनि गलत नै मान्नु पर्छ भन्ने पनि केही छैन ।