काठमाडौं : बाबू साहेब बलामी निर्देशित सिनेमा ‘देव वाणी’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बिहीबार निर्माण टिमले दुई छुट्टाछुट्टै फर्स्टलुक पोस्टरहरु रिलिज गरेको हो।
एक पोस्टरमा अभिनेता सुनिल थापा, सिनेमाका डेव्यू अभिनेता कुन्दन भारद्वाज र डेव्यू अभिनेत्री अनुजा लेप्चालाई देख्न सकिन्छ। त्यस्तै, अर्को पोस्टरमा भने डेव्यू अभिनेता भारद्वाजलाई प्रस्तुत गरिएको छ।
सिनेमा आगामी पौष २७ गतेबाट प्रदर्शनमा आउनेछ। सिनेमामा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारहरुको अभिनय रहनेछ ।

मौसम फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा सिमरा, वीरगन्ज, र काठमाडौंका विभिन्न स्थानहरुमा छायांकन गरिएको हो। यो सिनेमा नेपाली र हिन्दी गरि दुई भाषामा रिलिज हुने बताइएको छ। निराजन मेहताले सिनेमाको कथा लेखेका हुन्।
सिनेमालाई हरिबहादुर घलेले खिचेका हुन्। मौसम पौडेल सिनेमाका प्रस्तुतकर्ताको रुपमा रहेका छन्।कार्यकारी निर्मातामा महेन्द्र यादव र अपार गुरुङ रहेका छन्।

















