Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रचारमा कसर छैन “एक भागवत र एक गिता”

काठमाडौं ।   बालेन शाह र रुटिन अफ नेपाल बन्द पेज विवाद सबैलाई थाहा भैसकेको छ । एक समय सबैले वाहवाही गर्ने पेज र शाह दुबैलाई एकै पटक धेरै संजाल प्रयोगकर्ताले “रिजेक्ट” गरिदिए । कारण अब प्रपोगाण्डाको सकारात्मक र नकारात्मक कोण धेरैले बुझ्न थालेका छन ।

यसै बिच “एक भगवत् गीता” शिर्षक परिवर्तन भएर  “एक भागवत र एक गीता” (सामाजिक कथा)  बनेको छ । बिपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भुमिका रहेको सिनेमा झरना थापाले निर्देशन गरेकी हुन । निर्माण भने सुनिल कुमार थापाको रहेको छ ।
यो सिनेमाको शिर्षक  सुरुमा “भागवत् गीता” राख्ने कुरा थियो । प्रारम्भिक  प्रचार हुँदै गर्दा बिरोध आउन शुरु भयो  ।

अन्तत: उक्त नामको अघि “एक” थपियो र छायांकन  पछि  पोष्टको काम सकेर प्रदर्शनको लागि तयार बनाईयो ।

धार्मिक ग्रन्थको नामलाई पर्दामा उतारेर धर्म माथी व्यापार गर्न खोजेको आरोप समेत लाग्दै थियो, तर निर्माण टिम भने  टस को मस  भएन । भदौ २९ लाई प्रदर्शन मिति तोकेर  काम अघि बढिरहेको थियो ।

फेरि पनि नामलाई लिएर बिरोध आयो  । जुन पहिल्यै बाट हुँदै आएको हो । यही बिचमा चलचित्र विकास बोर्डले सेन्सर रोकेको खबर आयो । बोर्ड अध्यक्ष भुवन केसीको बिरोध मात्र भएन राजिनामा समेत मागियो । (भुवन स्वयमले त्यस्तो केही नगरेको स्पष्ट  पारिसकेका छन) । निर्माता सुनिल कुमार थापा भने  रुदै मिडियामा आए । उनको अभिनय आमा, छोरी (झरना सुहाना) को भन्दा कम थिएन ।

के के नै भयो झै  स्थिती श्रृजना गरियो  । सिनेमाको बिषय नै पो गम्भीर होला, धर्मको बिरोध पो गरेको छ कि ? यस्ता कैयौ अनुत्तरित प्रश्नहरु थाहा पाउने जतिको मनमा आउदै गयो । धेरै सिनेकर्मीले भुवन के सि को कार्य क्षमता मै प्रश्न गरे र  बिरोधका आवाज बाक्लिएर गयो ।  उता  थापा परिवार प्रती भने  सहानुभुती, समभाव देखाए ।
  छलफल भयो, सिनेमाको नाम फाइनल पनि  गरियो । समस्या टाइटलमा रहेछ भन्ने स्पष्ट  भयो । केही समयलाइ तातेको सिने बजार  पुन: सेलाउन थाल्यो। बिवाद साम्य हुनु आफैमा सकरात्मक त थियो नै, तर नेपथ्यमा भने यो एउटा स्टन्ट हो भन्ने सम्म गाइगुइ सुनिन थाल्यो । हुन पनि बाहिर बसेर हेर्दा यो घटनाले सिनेमाको प्रचारका लागि एउटा शैली अपनाएको  छनक ल्याउछ ।

सुरु बाटै नाममा विवाद थियो, तर उनीहरुले वास्ता गरेनन् । बिकास बोर्ड जस्को अधिकार मै सेन्सर सिफारिस  रोक्ने नमिल्ने  हुदा हुँदै पनि त्यही हल्लालाई मल जल गरियो। चलचित्र बिकास बोर्ड को प्राङ्गणमा चुहिएका थापाका आँशु र अमेरिका पलायन हुने अभिब्यक्ती अनि  मध्यरातमा कोरिएका निर्देशकका भावना र बाकी हल्ला तिनै स्टन्ट संग बगेर गए जब बजारले बालेन र भगवत् गिता ( नाम परिवर्तन भैसकेको छ)लाइ समानान्तर रेखामा राखे।

विभिन्न सिने क्षेत्र सङ्ग सम्बन्धित सस्थांले यस बिषयमा कुनै आवाज नबोलेको गुनासो बिचमा निर्माताको बचाउमा सुनिलको समर्थन गर्ने हरु अधिकासं अहिले पज्जल छन् भन्ने गसिप बजारमा छ । 

रुटिन अफ नेपाल बन्दको पोष्ट र बालेनको समर्थन अनि बिरोधको क्रम जति छिटो बदलिएको थियो, त्यहि गतिमा अगाडि दौडिरहेको छ “एक भागवत र एक गीता”  (सामाजिक चलचित्र )