Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भिन्न दुई स्वादका सिनेमा आजबाट हलमा

काठमाडौं
चार महिलाको मनोबिज्ञान माथीको कथामा सिनेमा “जुलेबी” बनेको छ । अझ भनौ यौन मनोबिज्ञानलाई सिनेमामा देखाउन खोजेका छन निर्देशक गणेश देव पाण्डेले । आफ्नो जिवनमा भेटिएका महिला पात्र मध्य चारलाई उठाएर सिनेमा तयार गरेको उनी बताउछन । हरेक पटक आफ्नो तरिकाबाट उनीहरुलाई प्रयोग गरेको स्मरण गर्दै यो सिनेमामा भने उनले महिलाको दृष्टिकोण बोल्न लागेको बताएका छन ।

सिनेमा “गाजाबाजा” मा सेन्सरका लागि आएको समस्या, रिलिज गर्न गर्नु परेको अनावस्यक दौडधुप र सिनेमाको नाम मै परिवर्तन गर्नुपरेको पीडाबाट बिरक्तिएर उनी चियावाला बनेका थिए र लामै समयको अन्तराल पछि सिनेमामा उनी फर्किएका छन । यस सिनेमामा उनले मुख्य चार पात्र सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा लाई लिएका छन । सुशील सिटौलाको पनि मुख्य भुमिका सिनेमामा देख्न पाइन्छ । “रत्नपार्कको कथा” भनेर चिनाउन खोजिए पनि यो सिनेमाले महिलाको “पर्स्पेक्टिव” बाट कथा भन्ने प्रयास गरेको छ । अब यो प्रयासमा पाण्डे कति सफल बन्न सक्छन त्यो भने आजको रिलिजले पक्कै थाहा होला । तर प्रसंसा गर्न लायक कुरा भनेको अधिकाम्स कलाकारको अब्बल प्रस्तुती सार्वजनिक सामाग्रीमा देख्न सकिन्छ ।

आजबाट नै अर्को सिनेमा “हिड्दा हिड्दै” लागेको छ । मिलन आले मगर निर्देशित यो सिनेमामा आकाश श्रेष्ठ, सलोन बस्नेत र रेखा शाहको मुख्य भुमिका छ । एक युवाले कुनै युवतीलाई पाउन हर सम्भव प्रयास गर्छ । पाउछ पनि । तर अचानक उसमा निको नहुने रोग लाग्छ र उस्ले उक्त युवतीलाई बेवास्था गर्छ । यही कथामा सिनेमा बनेको अनुमान सार्वजनिक सामाग्रीबाट गर्न सकिन्छ । अति सामान्य कथामा बनेको यो सिनेमा आकाश र सलोनका फ्यानले त हेर्लान । तर रेखाको प्रस्तुतीले ती दर्शकलाई दिक्क बनाउने पक्का छ । उक्त दिक्दारीलाई सलोनको चरित्रले केही हद सम्म रिफ्रेस भने गरिराख्ने छ ।
केही भिन्न तर हाम्रै समाजको कथा हेर्न चाहने दर्शकको रोजाई ‘जुलेवी’ बन्न सक्छ भने प्रेम कथा हेर्न चाहनेको रोजाई ‘हिड्दा हिड्दै’ । खैर, दुबै सिनेमालाई सफलताको शुभकामना ।