Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भावनाको तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक

काठमाडौं
 गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको  तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा फिचर्ड छन्।

भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु लोकप्रिय छन् । त्यस्तै गरि गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरु सफल छन्।

देबेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडिायोको छायांकन उत्सब दाहालले गरेका हुन् ।