Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

“अदृश्य” ले न्याय गर्ला त नाबालिग बलात्कार र हत्या प्रकरणको विषय ?

काठमाडौं
नेपाली सिनेमा मेकर्सको मनमा एउटा भ्रम छ । ट्रेलरले सिनेमाको पुरै कथा बोल्नु पर्छ । तर ट्रेलर भनेको एउटा त्यस्तो प्रचार सामग्री हो जसले दर्शक लाई हल सम्म तान्न ठूलो भुमिका निर्वाह गर्नुपर्छ । जतिसक्यो दर्शकलाई उत्सुक बनाउने ट्रेलर निर्मान गर्न सके सिनेमाको प्रचार पनि सहि ढंगले हुने गर्छ ।

ट्रेलर मेकिङमा मेकर्सले अर्को गल्ती गरेको देखिन्छ । सबै अटाउने बहानामा फास्ट फर्वाडको बटन थिचेर धेरै दृश्य समेट्यो ट्रेलर भब्य बन्यो भन्ने सोच्यो । तर टेक्नोलोजी सङ्ग खेलेर सम्पादन गर्ने सम्पादकले दर्शकले स्पिड घटाएर पनि ट्रेलर हेर्न सक्छन भने बिर्सिन नहुने त हो । तर अधिकाम्स समय त्यही नै भएको छ ।

सिनेमा “अदृश्य” को ट्रेलर सार्वजनिक भएको छ । माथी उल्लेखित दुई गल्ती सङै अन्य धेरै हल सम्म पुग्नै मन नलाग्ने विषय २ मिनेट १४सेकेन्डको ट्रेलरमा देख्न सकिन्छ । असंबेदनसिल तरिकाले उठाएर यो बिषय माथी नै भद्धा मजाक गरेको अनुमान ट्रेलर बाटै लगाउन सकिन्छ ।

जहाँ पनि कालो पहिरनमा देखिने प्रमोद अग्रहरी नै बलात्कारी रहेको अनुमान लगाउन ट्रेलर हेरेर दर्शकलाई बुझ्न कत्ती पनि समय लाग्दैन । उनको त्यो कालो पहिरन जुन बलात्कारको समय देखाईएको छ त्यसले नै सिनेमाको क्लाइमेक्स अनुमान लाउन सकिन्छ ।  उनले दोश अरु नै कोही (रमण)माथी थोपरेर सिनेमाको कथा घुमाएको प्रहरी अफिसरको भुमिकामा देखिएकी रिस्ताको डाइलगले स्पस्ट पारेको छ ।

मसालेदार बनाउन बलात्कार माथि राजनिती घुसाईएको छ । जुन निर्मला पन्त प्रकरणमा झै गरि जोड्न खोजिएको छ । केही दिन अघि सार्वजनिक गीतले केही हद सम्म दर्शक ताने पनि प्रह्लाद काफ्लेको निर्देशन रहेको यो सिनेमाले फ्लपको लिस्टमा अर्को एक नाम थप्ने बाहेक केही गर्ला जस्तो देखिदैन ।