काठमाडौं
साहित्यकार साइको हुन्छन भन्छन । त्यसो त साहित्यकारको एकोहोरोपन हामीले पनि देखे भोगेकै हो । आफ्नो कृतीलाई “जस्टिफाई” गर्न एक साहित्यकारले कति सम्म गर्न सक्छ ? यसको जवाफमा म्युजिकल सिनेमा “समलिङ्गी” तयार छ ।
पछिल्लो समय गीतलाई सिनेमा बनाउने प्रचलन बढेको छ । कमाईको एक मात्र बाटो युट्युव बनेपछी मेकर्स तानतुन पारेरै भए पनि भिडियो लम्ब्याउन चाहन्छन । लामो भिडियोबाट आउने धेरै रेभिन्युको लोभमा यही काम समलिङ्गी गीतमा पनि गरिएको छ ।
गीत एकदमै लामो लाग्छ, डाइलग डेलिभरी पनि खासै आकर्षक लाग्दैन । दीपशिखा खड्काको डाइलग डेलिभरी बनावटी लाग्छ भलै सृष्टि खड्का यो कुरामा अब्बल देखिएकी छन । तर दीपशिखाको एक्सन भने आहा ! भन्न लायक छ ।
१८मिनेट लामो भिडियो जहाँ एउटा गीतलाई सिनेमा बनाउन खोज्दा एउटै प्लेटमा दाल, भात, तरकारी, अचार र डेजर्ट कोचे जस्तो भान हुन्छ । भिडियोको भिडमा भिन्न कथालाई देखाउने प्रयाशको भने प्रसम्सा गर्नै पर्छ ।
एक लेखकले आफ्नो कृती अब्बल बनाउन एक जोडीलाई टुटाएको र आफै क्यारेक्टर बनेको कथा छ “समलिङ्गी” मा । सिरिशा पौडेलले लेखेका शब्दमा समीक्षा अधिकारीको स्वर छ । गीत मा भिम बिसीको संगीत र विशाल निरौलाको सङीत सम्योजन रहेको छ । दीपशिखा खड्काले नै निर्देशन गरेको भिडियो अर्जुन पराजुलीको टिमले खिचेको हो ।
पछिल्लो समय दीपशिखाको कामको चर्चा हुन छोडेको छ । तर उनी कैले निर्माण, कहिले निर्देशक र कहिले अभिनयमा देखिरहेकी छन । उनको काममा खासै दम नदेखिए पनि उनको निरन्तरताको भने प्रसम्सा गर्नै पर्छ ।