Sur Cinema

चिजकुमारको पुस्तक “यात्रा आफै भित्र” सार्वजनिक

काठमाडौं
चिज कुमार श्रेष्ठको पुस्तक “यात्रा आफै भित्र” सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्ड मा एक कार्यक्रम गर्दै प्रमुख अतिथी काङ्ग्रेस महामन्त्री विश्वप्रकास शर्मा सङै अन्य अथितिको हातबाट पुस्तक बिमोचन गरिएको थियो । पुस्तकको साथमा उनका दुई राष्ट्रिय गीत ‘राष्ट्र देवो भव’ र ‘वीर गोर्खली अमर छ’ समेत सार्वजनिक गरिएको थियो ।

प्रमुख अतिथी शर्माले चिजकुमारलाई काङ्ग्रेस नेता तथा साहित्यकार बिपी कोइराला सङ दाजे । कोइरालाका अनुयायी श्रेष्ठले पनि राजनिती सङै साहित्यमा कदम चालेकोमा उनको प्रसम्सा गरे । विश्व इतिहासका अन्य राजनितिक नेता जो साहित्यका नजिक थिए समेत लाई उनले सम्झिए । ब्यक्तिको चर्चा गर्दा बिपी नेता भन्दा साहित्यकार बडी लाग्ने भन्दै चिज पनि नेता साहित्यकार सङै अझ बडी पारिवारिक ब्यक्तित्व भएको चर्चा गरे । उनले श्रेष्ठ संग का समय र उनको योगदानको समेत खुलेर प्रसम्सा गरे ।

साहित्यकार नवराज लम्सालले चिज कुमार संग जोडिएको उनको ब्यक्तिगत जीवनको तितोपनाको चर्चा गरे । पटक पटक रेडियो नेपालमा नाम निकाल्दा पनि अन्तर्वार्तामा फालिनुको पीडा माथी चिजकुमारको ब्यक्ती भएर २२ बर्ष पछि समेत “त्यो चिजको मान्छे हो, उस्लाई नदिनु” भनेर एक सस्थाको उम्मेदवारी नै फिर्ता गर्नु परेको अवस्था सम्झिए । यो याद सङ्गै उनले चिज स्वयमले राजनितीमा कति दुख भोग्नु पर्यो विभेद भोग्नु पर्यो भन्दै अनुमान लगाउन आग्रह गरे ।

अन्य वक्ताले श्रेष्ठसङ्गको राजनैतिक यात्रा र पुराना स्मृती सम्झिए । श्रेष्ठले ‘यात्रा’ सिनेमा समेत निर्माण गरेका छन । लामो राजनितिक यात्रा सङै उनले यस अघि नै राष्ट्रिय गीत,”त्यही सच्चा नेपाली” सार्वजनिक गरेका थिए । आफ्ना अनुभवलाई पुस्तकको रुप दिदै उनले साहित्य यात्राको ठूलो फड्को मारेका हुन ।