Sur Cinema

देउजाको निर्देशनमा बन्ने भो ‘उपहार’

काठमाडौं 
निर्देशक ज्ञानेन्द्र देउजाले अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मालाई लिएर निर्माण गर्न लागेको सिनेमाको नाम ‘उपहार’ राखेका छन् । मंगलबार विकास बोर्डबाट निर्माण इजाजत लिएपछि ‘उपहार’को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको नाम सार्वजनिक गरेको हो ।

भदौमा छायांकनमा जाने सिनेमालाई रेखा स्वयंले निर्माण गर्नेछिन् । रेखा र पूजाका अलवा सिनेमामा अर्की एक अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्की अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको सिनेमाको कथा सुलक्षण भारतीको हो । काठमाडौं आसपासमा छायांकन हुने सिनेमाको सोमबार गुरु पुर्णिमाको अवसर पारेर पहिलो गीत रेकर्डिङ पनि गरिएको थियो । गीतमा एलिना चौहान र बाबुल गिरीले स्वर दिएका छन् ।
‘उपहार’ नाममा दोस्रो पटक निर्माण हुन् लागेको हो । यसअघि यो नाममा स्वर्गिय निर्देशक शिव रेग्मीले सिनेमा निर्माण गरेका थिए ।