Sur Cinema

“अदृश्य” को फस्टलुक सहित प्रदर्शन मिति घोषणा

काठमाडौं
  कलाकार प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भुमिका रहेको सिनेमा अदृश्यको फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । साथै सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको सिनेमा आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने पक्काभएको हो ।
पोस्टरमा प्रमोदलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित प्रस्तुत गरिएको छ । साथै सोहित र रिस्ताले कुनै अकल्पनिय घटना देखेर अचम्मीत भएको भावमा देखिन्छन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । मिना बस्नेत निर्माता र सिएम भारद्धाज सुवेदी सह निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।