Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘परस्त्री’को हिन्दी डब म्युजिक राइट्स बिक्री

काठमाडौं
  आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’लाई भारतका हलमा प्रदर्शन गर्ने उद्देश्य सहित हिन्दी भाषामा समेत डब गरिएको छ । भारतमा सिनेमाको गीत र ट्रेलर जस्ता कन्टेन्ट पनि डिजिटल प्लेटफर्ममा राम्रो मुल्यमा विक्री हुने गरेका छन् ।

यसैबीच सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमा ‘परस्त्री’को पनि हिन्दी डबको म्युजिक राइट्स विक्री भएको छ । ‘बीफोरयू’ नामक भारतीय कम्पनीले सिनेमाको गीतको युट्युब राइट्स खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।

निर्मात्री पाण्डेका अनुसार, सिनेमाको युट्युब प्रदर्शन अधिकार भने विक्री भएको छैन । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भैरहेको उनले बताइन् । अहिले मुम्बईको एक स्टुडियोमा सिनेमाको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भैरहेको छ । भारतका प्रख्यात गायक-गायिकाहरुले सिनेमाको हिन्दी गीत गाएका छन् ।

नेपालकै मितिमा भारतका हलमा पनि प्रदर्शनमा आउने सिनेमाको पहिलो हिन्दी डब गीत केही दिनमा रिलिज हुँदैछ । पोस्टर रिलिजसँगै चर्चामा आएको सिनेमाले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तु उठाएको छ । सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शिल्पा मास्के, गौरव बिष्ट, कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखक समेत हुन् ।