Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

उदय र नवल बिच कार्यक्रमै पर्यो चर्काचर्की

काठमाडौं
  चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका पूर्वअध्यक्ष प्रदिय उदयबीच कार्यक्रममै चर्काचर्की परेको छ। हलवाला र सिने वितरकले सिनेमा पारदर्शिता नगर्ने र कर नतिर्ने परम्परा रहेको भन्ने निर्माता संघका अध्यक्षले आरोप लगाएपछि चर्काचर्की नै परेको हो।

चलचित्र पत्रकार संघले सरकारले बजेट सिने क्षेत्रमा नदिएको गुनासोका बारेमा अन्तरक्रिया कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा उनीहरुबीच वादविवाद परेको हो। हलवालालाई चोर दोष नलगाउन उदयले निर्माता संघका अध्यक्षलाई चेतावनी दिए।

नवलले आफुले केहि सिने वितरकलाई भनेको तर हलवालालाई नभनेको तर्क दिए। उनीहरुको तर्कवितर्कले केहि छिन कार्यक्रमको माहोल नै तातिएको थियो।