काठमाडौं
जुम्लाबाट प्रतिनिधित्व गर्ने नेपालमा चर्चित सांसद , अर्थ समिती सदस्य एव राप्रपा दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको सचिवालयमा सामाजिक अभियन्ता तथा सिने निर्माता चक्र बहादुर चन्द नियुक्त भएका छन् ।
आज सिंहदरवार स्थित आफ्नो कार्यकक्षमा चन्दलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सचिवालयमा रहेर नेपालको सिने क्षेत्र पर्यटन क्षेत्रको बिकासका लागी कार्य गर्न सो जिम्मेवारी दिएको सांसद शाहीले बताए!
चन्द बिगत २५ बर्षदेखी सामाजिक क्षेत्रमा क्रियाशील छन भने सिने क्षेत्रमा समेत उत्तिकै सक्रिय छन ! उनले “प्रेमगित २” र “मेरी मामु” सिनेमामा समेत काम गरेका छन भने “प्रेमगित ३” मार्फत कार्यकारी निर्माताको रूपमा सिनेमा निर्माणमा हात हालेका छन् ।
“प्रेमगित ३” ले हालै संसारभर बिभिन्न भाषामा प्रर्दशन समेत भएको थियो । यो सिनेमा वलिउडमा हिन्दी सिनेमा रिलीज जसरी नै त्यही सिस्टममा रिलीज हुने पहिलो नेपाली सिनेमा हो । यो सिनेमाको मेरुदण्डको रूपमा चन्दले काम गरेका थिए । यही कार्यका लागी उनी लगायत टिम महिनौसम्म मुम्बईमा बसेर संघर्ष गरेका थिए ।
सार्क देश लगाएत अन्य देशमा समेत राम्रो पहुँच र जनसम्पर्क भएका चन्द नेपालको सबैभन्दा लामों र ठुलो अभियान बागमती सफाइ महाअभियानमा समेत एकदशक देखी सकृय छन । सांसद शाहीले आज सचिवालयमा नियुक्ति गर्दै सामाजिक संजालमा लेखेका छन “दुई दशक लामो सामाजिक क्षेत्रको निस्वार्थ यात्रा सँगै नेपाली सिने क्षेत्रको बिकासमा समेत् योगदान दिदै आउनु भएको श्री चक्र बहादुर चन्द ज्यू(दैलेख) लाई यस क्षेत्रको बिकासका लागी मेरो सचिबालयमा नियुक्ति गरिएको छ : बधाई सहित आगामीदिनको सफलताको शुभकामना ! समेत दिएका छन ।
