काठमाडौं : चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले तीन दिने चलचित्र पत्रकारिता वर्कशपको आयोजना गर्ने भएको छ। अगामी जेठ २० गतेदेखि २३ गते सम्म आयोजना हुने बताइएको छ। चलचित्र पत्रकार संघ नेपालको २४ औं स्थापना दिवसको अवसरमा गत आइतबार आयोजना गरिएको कार्यक्रममा उद्घोष गरिएको थियो।
सुनसरीमा रहेका चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वर्कशपको आयोजना गर्न लागिएको चलचित्र पत्रकार संघ सुनसरी शाखाले जनाएको छ। सुनसरी शाखाका अनुसार चलचित्र विकास बोर्डको सहयोगमा ३ दिने वर्कशप सम्पन्न हुनेछ।
वर्कशपबाट चलचित्र पत्रकारले झन् धेरै कुरा सिक्ने र आफ्नो पत्रकारितामा लागू गर्ने अपेक्षा राखिएको छ। यस्ता खालका कार्यक्रमले पक्कै पनि पत्रकारहरुको क्षमता अभिवृद्धि हुन्छ्स नै।