Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘कमेडी शैलीमा समाजको वास्तविक चित्र’

काठमाडौं
   समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको सिनेमा ‘वेलकम टु हेम्जाकोट’को  ट्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक  ट्रेलरले यो सिनेमा वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब–चडाब लगायतका विषयवस्तुमा आधारित रहेको महशुस गर्न सकिन्छ ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो सिनेमा आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपाल लगायत जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केहि शहरमा पनि प्रदर्शन हुँदैछ ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम सिनेमा पनि हो ।

यो सिनेमा केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली सिनेमाको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक सिनेमाका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायले दर्शकको ध्यान तानेको थियो ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको सिनेमाका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको सिनेमाका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।

सिनेमालाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।