काठमाडौं : करिब ४ महिना अघि प्रदर्शनमा आएको सिनेमा ‘सरी मम्’ले विभिन्न स्थानहरूमा च्यारिटी शो गर्दै आएको छ। विशेषगरी विद्यालयहरुमा निर्माण टिमले सिनेमा देखाउँंदै आएको छ।
यसैबीच, शुक्रबार मात्रै टिमले काभ्रेस्थली स्थित ग्रामसेवा माविमा पनि च्यारिटी शो गरेको छ। ग्रामसेवा माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको माझमा च्यारिटी शो गरिएको बताइएको छ। बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको सहकार्यमा च्यारिटी शो छिट्टै गर्ने र लागू औषध बिरुद्धको अभियान सङ सङ्गै जनचेतना मुलक कार्यक्रम पनि गर्ने भएको छ ।

उक्त च्यारिटी शो’मा करिब २ सय ५० जना विद्यार्थीहरुको उपस्तिथि रहेको थियो। च्यारिटी शो’पछि सिनेमालाई राम्रो प्रतिक्रिया मिलेको थियो। सिनेमा एकदमै सन्देशपूर्ण रहेको सबैको भनाइ थियो।
नविन बोगटी निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

