Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिने शहरमा नयाँ अनुहार

काठमाडौं  
  “रेखा थापा ,केकि अधिकारी, प्रियंका कार्की लाई पर्दामा चम्किएको देख्दै गर्दा ज्यानमा अर्कै उर्जा आउथ्यो, आखामा धेरै सपना नाच्दथे ,  मनमा धेरै रहर सल्बलाउथे ।” सोलुखुम्बुमा जन्मिएर, इटहरिमा हुर्किएकी २१ बर्षिया आलिशा बास्तोला को भनाइ हो यो । “कथा भन्दा पनि उहाहरुको अभिनय क्षमतालाई हेर्दै मोहित थिए  । उहाहरुको शुन्दरता  र अभिनयको अगाडि बाकी सबै फिक्का लाग्थे मलाइ ।” आफुलाइ अभिनयमा अब्बल बनाउन प्रयत्न गर्दै रहेकी  आलिशाको सिनेमा क्षेत्रको यात्राले ३ वसन्त पार गरिसकेको छ !
के ले लोभ्यायो सिनेमामा? भन्दै गर्दा उनी भन्छिन,”यहि क्षेत्रमा लागेर देश बिदेशमा चिनिने अनि लोभ लाग्दो अभिनय देखाएर  रङ्गिने इच्छाले तान्यो ।”
“अहिले तपाइको यात्रा कहाँ सम्म पुग्यो त ? “
“जिवनको महत्वपुर्ण उर्जा खेर गैरहेकाले केही समय बिदेश जाउ कि भन्ने सोच्दैछु!”

किन ? अप्रत्यासित कुराले कान ठाडा भए मेरा ।
“आफुलाइ झनै बलियो बनाउनु छ !  आफुलाइ झनै अब्बल बनाउनु छ।”
के कुरामा आफुलाइ कमजोर पाउनु भयो ? मैले पनि प्रश्न गर्न आफुलाई रोक्न सकिन ।
“धेरैले भनेको सुनेकी छु सिनेमा क्षेत्रमा भविष्य  छैन, तर हाम्रो भविष्य अरुको हातमा हैन, आफ्नै कर्ममा भर पर्ने हो नि हैन ?” नादान सोचले मलाइ नै मोहित बनाइरहेको पाउथे । एक्कै छिन आक्रोसित हुन्थिन, फेरि आफुलाइ सम्हाल्थिन र भन्थिन “मेरै आँखा अगाडि धेरैले सगरमाथा छोएको देखेकी छु यो क्षेत्रमा तर म किन हतोत्साहित हुने अरुको कुराले ? आफ्नो मनले रोजेको काम गर्ने हो नि ! ४ बर्ष को मेरो सिने यात्रामा अबको केही समय पढाइमा ध्यान दिन्छु जस्का लागि मैले बिदेश रोजेकी छु । आफुले रोजेको विषय राम्रो सङ्ग अध्ययन गर्न पर्यो नि त बरु त्यहा जानेको बुझेको बिषय यहाँ आएर सेयर गर्ने नि , ३/४ बर्ष त हो फेरि आएर सिनेमामा आफ्नो करियर अगाडि बढाउने हो !”

“केही ठाउमा गए, मान्छे भेटे, अडिसन नि दिए राम्रै भए जस्तो लाग्थ्यो आफुलाइ !  तर धेरै ले कुनै न कुनै हिसाबले अयोग्य ठान्थे, खै किन हो कुन्नी ? मलाइ अयोग्य देख्नेहरुलाइ योग्य भएर देखाउनु छ।”  उनको यो मजाक भित्र ठूलो अर्थ लुकेको थियो। “कस्ले के गर्यो भन्न मिल्छ ?”  यहाँ त कस्तो मान्छे छन भन्या राम्रो  रोल छ आउनुहोस भनेर अडिसनमा बोलाउछन, सेटमा जादा त स्विमिङ्ग पुल  मा पो नुहाउन भन्छन, रिस उठ्दैन भन्या ! भलै सानो रोल होस, राम्रो  त हुन पर्यो नि । रोल पनि कस्तो ? आकाशमा बादल को भुवा हराउछ नि त्यस्तै ” भित्र भित्रै खुब हास उठ्यो मलाइ । “कति ठाउबाट त झगडा गरेर फर्किएकी छु सेट बाटै ।  यी सबैलाइ काम गरेर देखाउनु छ मलाइ ।  त्यसैका लागि पनि आफुमा निखार ल्याउन बाहिर जाने प्रोसेस मिलाउदैछु ।”
” भेटे जति सबै सङ्ग झगडा गर्दै गयो भने त कोहि नरहलान नि फेरि ? ”  “सत्यमा हिड्यो भने अहिले कोहि नरहे पनि, भबिष्यमा  सबै आफ्ना हुन्छन ।” आध्यात्मिक उत्तर थियो उनको ” मन दुख्छ नि त ! बोलाउदा एउटा कुरा गर्ने  जादा अर्कै।”

३० वटा साङ्गितिक सिनेमा( म्युजिक भिडियो) को अनुभव छ उनी सङ्ग ! केही वेब सिरिजमा पनि ब्यस्त राखेकी छिन आफुलाइ । उनलाइ राम्री अभिनेत्री भन्दा पनि राम्रो  कलाकार हुने हुटहुटी छ, उनकै भाषामा भन्दा मिथिला शर्मा जस्तै ।
“भिडियो र सिरिज मा काम गर्ने क्रममा कुनै अप्ठ्याराहरु आएनन ?”
“गारो अप्ठ्यारो त भैहाल्छ नि ! मैले भनिन, आफैले हो सम्हाल्ने ,सपनामा पनि पुग्नु छ, आफुलाइ असहज भयो भन्दैमा आत्तिने कुरा त भए न नि । तपाईं आफ्नो ठाउमा बलियो हुनु भयो भने कसैले तपाइलाइ बेरङ्गी बनाउन सक्दैन। आफ्नो कमजोरिलाइ लिएर सिने क्षेत्र नै धमिलो छ भन्न पाइन्न नि ।” मैले सोध्न खोजेको एउटा, उत्तर आयो अर्को ! फेरि दोहोर्याएर सोध्न मन लागेन  किन भने यो उत्तर उनको मन बाट आएको थियो !  अनि  फेरि दोहोर्याएर सोधे  ” किन बिदेसिन खोज्नु भएको  त ? “
“फेरि त्यही कुरा ?

केही पाइला पछाडी जान लागेको हु के ?  म त बाघ हु नि ,अगाडिको शिकार लाई आक्रमण गर्न केही पाइला पछि जानू परेन । यस्तो पनि दिन आउँछ, जुन दिन फेरि पनि तपाईं मेरो अन्तर्वार्ता लिनुहुन्छ , जुन अन्तर्वार्ता पढेर , पढ्नेलाइ पनि उर्जा आओस” मज्जाले हास्न पुगिन उनी ।
”  नरिसाउनु है ठट्टा गरेकी हु।” ठट्टेउलि उत्तर भित्र गहिरो सङ्कल्प लुकेको थियो उनमा  । “सिने क्षेत्रमा रहर मात्र भएर नपुग्ने रहेछ। कुनै समय मलाइ पनि रहर भयो होला, तर अहिले यो मेरा लागि सपनामा परिणत भएको छ सपना त देख्न पाइयो नि हैन ? अब सपना पूरा गर्न सजिलो त कहाँ छ र ? त्यस्तो बेला जुन दुख छ, त्यसैमा त हो  मज्जा , संघर्ष  भनेको त्यही त हो नि ।  अहिले यो क्षेत्र सङ्ग मेरो पनि आत्मियता बढ्यो होला । राम्रा नराम्रा सङ्ग भेट भयो होला,   छिमल्ने जिम्मा त मेरो आफ्नै हो नि ।  हो कि हैन भन्नू त ?  कस्तो भने नि , कसैलाइ देख्यो भने परै बाट ओझेल हुन मन लाग्ने !  तर कोहि कोहि भने आखामा राख्दा पनि नबिझाउने ब्यक्तित्व हुनुहुन्छ । “
“अनि बिदेश गएर फर्कदा उमेर पनि त जाला नि ?  सम्झनामा राखेका ले  बिर्सेलान फेरि ?”

“लौ उमेर ले हो र अभिनय गर्ने ? बिर्से भने फेरि शून्य बाट सुरुवात गर्ने हो।  प्रकृति त परिवर्तन हुन्छ ! नया पालुवा बाट, हामी त मान्छे हौ  । हामिले फेरि सुरु गर्न  मिलिहाल्छ नि। तर शुरु गर्दा शून्य बाट हैन अघिल्लो अनुभव बाट शुरु हुन्छ !  हेर्नू न,  मलाइ त  जसरी भए नि आफ्नो सपना भेट्टाउनु छ । म भित्र आत्म बिश्वास र सङ्कल्प  भए केहिले पनि  रोक्दैन । ज्यानले साथ दिउन्जेल यहि छेत्रमा लाग्ने हो।” उनका ती अबोध तर गहिरा अभिब्यक्तीले मलाइ फेरि एक पटक मोहित बनायो ।