काठमाडौं
पारिवारिक र सामाजिक मुद्दा लाई मिहिन ढङ्ग ले अध्ययन गरि सिनेमा को रङ्गिन पर्दामा, दृश्य भाषा मार्फत नेपाली सिने पारखी हरुलाइ लोभ्यान माहिर लेखक/ निर्देशक नवल नेपाल यसबेला चुपचाप देखिन्छन । बरु उनी लेखन , वेब सिरिज ,लघु चलचित्र, कथानक साङ्गितिक भिडियो चलचित्र मार्फत डिजिटल प्लेट फर्म मा ब्यस्त देखिन थालेका छन।
पछिल्लो चलचित्र “मारुनी” पछि उनका श्रीजनाहरु सिनेबजारका ठुला पर्दा ले पाएका छैनन । मङ्गलम , मारुनी जस्ता गहन मुद्दामा बनेका सिनेमा हरु हेर्ने को तप्का ठुलै भएर पनि उनी किन मधुरो भए ? हल्ला र हाउगुजी को भिडलाइ थेग्न सकेनन या “सो” बिजनेसमा आउफुलाइ “सो” गर्न चाहेनन ।
दृढ सङ्कल्पका साथ सिने साहित्यमा होमिएका नवल को ३० बर्षे सिने यात्रामा यसरी सिनेमाको पर्दासङ्ग सामिप्यता लम्ब्याउनु उनका लागि चुनौती त पक्कै हुने छ, उनको आफ्नै सिनेमा बनाउने भोक मा पनि कमि आउन सक्छ। अलि अगाडि एक भेटमा हाम्रो अनौपचारिक प्रश्न थियो “अब ठुलो पर्दामा कहिले आउने?” उनको मसिनो मुस्कान सहित को जवाफ थियो “आउला नि” “कोविड पछिको समयमा ठुला सिनेमा गर्ने साइत नजुरेको हुन सक्छ! किन कि सिनेमा लाई म हल्का फुल्का लिन्न, यस भित्रका अन्तर्य हरुमा प्रतिसत को आधारले आफ्ना दृष्टिकोण मा सुधार देखिने लक्षण देखियो भने बल्ल आत्म सन्तुष्टि हुने रहेछ । मौका नमिलेको हो, तर म खाली छैन जुनसुकै रुप ले भए पनि म जोडि नै रहेको छु । आफ्ना सिनेमा बनाउने उत्तेजना लाइ साना पर्दा मार्फत नियन्त्रण मा राखेकै छु नि”। छेवैका अर्का पत्रकार ले भने “हलमा रुन नपाएको धेरै भो ! आउनु पर्यो दाइ अब । ” यो सुनेर नवलले मसिनो मुस्कानको को प्रतिकृया मात्र दिए, तर उनका आखाले धेरै कुरा बोली रहेको झल्को दिन्थ्यो ।
समिक्षामा अब्बल र व्यापार मा निर्माता लाई फाइदा नै दिन सक्ने खुबी भएका यस्ता सृजनाकारहरु चुप बसिदिदा सिने साहित्यमा रुचि राख्ने ती आम मान्छे माथी अप्रत्यक्ष रुपमा अन्याय भएको हो कि ? बर्षे भेल ले लुकाएका नवल नेपाल फेरि कहिले अङ्कुराउने हुन प्रतीक्षा गरुला । तर ब्यबसायिक फर्मुलालाइ मात्र सिनेमा सम्झने हरुको भिडमा सिने बजार लाई तत्कालका लागि घाटा नभए पनि दिर्घकालिन असर भने देखिन सक्छ। “केही तयारी छ कि ?” भनेर बुझ्न खोज्दा उनले भने “हरेक कुरा को समय हुन्छ, सायद मेरो समय, मलाइ प्रतीक्षा गरि रहेको हुन सक्छ किन कि प्रतीक्षा को फल मीठो हुन्छ।”उनकै शैली मा मैले पनि जवाफ दिए ” शुभ होस! मङ्गल होस”।