Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

चर्चाको शिखरमा मोडल निक्स शर्मा, पाए ‘दशौं म्युजिक खबर अवार्ड’

काठमाडौं : हालै सम्पन्न “दशौं म्यूजिक खबर म्यूजिक अवार्ड”मा मोडल निक्स शर्माले उत्कृष्ट मोडलको अवार्ड जितेका छन् I राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनलाई लोक दोहोरी विधामार्फत उत्कृष्ट मोडलको अवार्ड प्रदान गरिएको हो ।

चक्र बम, ओवि रायमाझी लगायतका मोडललाई पछि पार्दै उनले ‘कालो ऐना’ बोलको गीतबाट उक्त अवार्ड हात पारेका हुन् I यसअघि पनि उनले ‘ए पी एन नेशनल अवार्ड – २०२२ , स्टार म्युजिक भिडियो अवार्ड- २०२२,सगरमाथा म्युजिक अवार्ड -२०७९ लगायतका अवार्डहरु बाट सम्मानित भइसकेका छन् I

एक पछि अर्को हिट गीतमा काम गरिरहेका निक्स पछिल्लो समयमा मोडलिङ क्षेत्रका लोकप्रिय नाम बनेका छन् I करिब ३०० गीतमा अभिनय गरिसकेका मोडल शर्मालाई अहिले रिलिज हुने प्राय लोक गीतमा देख्न सकिन्छ I

करिब १५ वर्ष अघि देखि यस क्षेत्रमा रहेका उनले कैयौँ हिट गीतहरूमा अभिनय गरिसकेका छन् I ‘पानपते ठूली’, ‘लाहुर जाने रेलैमा’, ‘न लाउँ की भन्थेँ ज्यान जाने माया’, ‘ सोल्टी बजारमा’, ‘ तिमि नै त सम्पति हौ मेरो’ र पछिल्लो समय सार्वजनिक भएको ‘सकम्बरी’ उनका केही हिट गीत हुन् I यस्तै ‘लोग्ने मान्छे’, ‘यो कथा तिम्रो मेरो’, ‘प्रेम गीत २’ लगायतका चलचित्र र केही टेलि सिरियलमा समेत उनले काम गरिसकेका छन् I

उनी अभिनित चलचित्र ‘ फेरी फेरी ‘ प्रदर्शनको तयारीमा रहेको छ I यस फिल्ममा उनीसँगै अभिनेता अर्पण थापा, ऋषा शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ I