Sur Cinema

Edit Content

ताजा अपडेट

हिस्स पूजा

काठमाडौं ।
बैशाख १७ गते आर्थात हिजो नायिका पूजा शर्माको जन्मदिन । पूजालाई धेरै फ्यानले शुभकामना दिए । उनको नाममा त फ्यान क्लव नै छ । भब्य जन्मदिन मनाइयो पनि । यही क्रममा नायक पल शाहले पनि मेरी छाया लाई शुभकामना भन्दै सामाजिक सन्जालमा पोस्ट गर्न भ्याए ।

पूजाले पलको अवस्था प्रयोग गरेर आफ्नो सिनेमा चलाईन । उनले अझ अर्को सिनेमा पल बिना गर्दै नगर्ने पनि भन्न भ्याईन । एक दुई पटक युट्युवर बोकेर उनी कारागार मै भेट्न पनि गइन । तर के मिलेन खै पल छुटेपछि यी दुईको भेट नै भएन ।
पलले पूजालाई सामाजीक सन्जालमा शुभकामना त दिए । तर हिजो नै अर्की नायिका आचल शर्मालाई भेटे । र उनको सिनेमा “नाई नभन्नु ल ६” को तरफदारी गरे ।

यसै पनि आचल र पूजाको शीत युद्ध चलेको छ । यस्तोमा पलले पनि पूजाको खास दिनमा आचललाई साथ दिए । अब सिनेमा नै खेलाउन बसेकी पूजा परिनन त हिस्स !