Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

के विवाह गर्दै छन शक्ति र अस्मिता ?

काठमाडौं
एउटै क्षेत्रमा काम गर्ने बिच जोडी बाधिदा कस्तो होला ? शिलाबहादुर मोक्तान र कुन्ती मोक्तान, दुर्गा खरेल र अर्जुन पोखरेल जस्ता धेरै जोडी छन जसले एकै क्षेत्रमा लागेर नाम कमाए । यही भिडमा अर्को एक जोडी थपिने संकेत देखिएको छ ।

शक्ति कुमार गोदार र अस्मिता डल्लाकोटीको जोडी ब्यक्तिगत जिवनमा पनि जोडिएको अड्कल धेरैले काट्न थालेका छन । त्यसो त अस्मितालाई दोहोरी गायिकाको रुपमा स्थापित गराउन शक्तीको ठूलो योगदान छ । त्यसो भन्दै गर्दा अस्मितामा भएको क्षमतालाई नकार्न पनि सकिँदैन ।

सामाजिक सन्जाल नियाल्दा यी दुई प्रेममा रहेको सहज अड्कल काट्न सकिन्छ । #ह्यासट्याग सहित शक्तीले टिकटकमा धेरै पोष्ट गरेका छन । उनका हरेक जसो भिडियो अस्मिता निकट देखिन्छ । कहिले उनी “को होला?” भनेर प्रश्न गर्छन त कहिले अस्मिता संगका भिडियो पिन गर्छन । यस्ता पोष्ट हरुमा सुन्दर जोडी देखि अस्मितालाई भाउजू भनिएका कमेन्ट सम्म देख्न सकिन्छ । उनीहरु निकट स्रोतका अनुसार यी दुईले यही बैशाख मै लगन-गाठो कस्दै छन ।