Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आँचल र पूजाबीचको शीतयुद्ध कहिलेसम्म ?

काठमाडौं : नायिका आँचल शर्मा र नायिका पूजा शर्मा नेपाली सिनेमा उद्योगमा रुचाइएका नायिकाहरु हुन्। यि दुईबीचको मनमुटावको खबर बेलाबेला गसिप बनेर बाहिरिरहेका हुन्छन्। कहिले नन्द भाउजुको कुराले र कहिले के कुराले। यि दुईको शीतयुद्धले बेलाबेला चर्चा पाइरहन्छ।

अहिले फेरि एउटा कुराले यि दुईको शीतयुद्ध तात्तिएको छ। नायिका आँचल शर्माले गत हप्ता मात्रै एक मिडियामा अन्तर्वार्ता दिनेक्रममा पूजाको बारेमा कुरै नगरौँ भनेको क्लिप्स यतिबेला सामाजिक संजालमा भाइरल भएको छ।

गएको मंगलबार सिनेमा ‘नाईं नभन्नू ल ६’का निर्देशक विकासराज आचार्यको जन्मदिन विशेष कार्यक्रममा पूजा शर्माको फोटोसँग तपाईंको फोटो जोडेर न्यूज आइरहेको छ नी के भन्न चाहनुहुन्छ ? भनेर आँचललाई मिडियाकर्मीले प्रश्न गरेका थिए। आँचलले भने पूजाको बारेमा कुरै नगरौं, अहिले ‘नाइँ नभनू ल ६’को बारेमा मात्रै कुरा गरौं भनेर टारेकि थिइन्।

त्यसो त, अघिल्लो हप्ता आँचलले एक टीभी अन्तर्वार्तामा आफूले स्लिम हुन जिममा कसरत गर्ने गरेको, नुनबिनाको तरकारी खाने गरेको बताएकी थिइन् । यो कुराले आँचल फेरि ट्रोलको सिकार हुन पुगिन। जताततै समाचार हरु पनि बने। यो कुरालाई बारेमा चाहिँ आँचलले सकारात्मक रुपमा लिएकी बताइन्।

तर यता पूजाले भने सायद आँचलले फिट हुन नुन बार्ने र खाना बार्ने भन्ने कुरा सुनेर होला आफूले चाहिँ केही नबार्ने बताइन्। पूजाले केही दिन अघि एक कार्यक्रममा स्लिम हुनको लागि खाना पनि टन्नै खाने र व्यायाम पनि टन्नै गर्ने बताएकी थिइन्। स्लिम हुन कुनैपनि डाक्टरले खाना बार्नु भनेर भन्दैन भनेर पूजाले आफ्नो धारणा राखेकी थिइन्।

यसरी हेर्ने हो भने अप्रत्यक्ष रुपमा यि दुईले एक अर्कालाई चिढ्याउने काम गरिरहेकी हुन्छन्। केही समय अगाडि एक अन्तर्वार्तामा आँचलले पूजालाई ‘अग्रज’ भनेपछि पूजाले पनि आँचललाई ‘भाउजु’को संज्ञा दिएकी थिइन् । यी कुरा मिडियाका लागि राम्रो गसिप बनेको थियो।

आखिर यि दुईले किन यस्तो गर्छन् होला भन्ने जिज्ञासा धेरैलाई लाग्छ होला। अचम्मको कुरा त के छ भने यि दुईले सँगै एकै स्क्रिनमा आजसम्म न कनै सिनेमामा काम गरेका छन्, न कुनै म्युजिक भिडियोमा नै। तर पनि एकआपसमा शीत युद्ध भने भइरहेको हुन्छ। कहिलेसम्म हुने हो भन्ने चाहिँ उनीहरूलाई नै थाहा होला।

हाल आँचल सिनेमा ‘नाईं नभन्नु ल ६’को प्रचारप्रसारमा व्यस्त छिन्। वैशाख १ गतेबाट प्रदर्शनमा आउने भनिएपनि केही समस्याका कारण ‘नाईं नभन्नू ल ६’ प्रदर्शनमा आउन सकेन। तथापि वैशाख १५ बाट प्रदर्शनमा आउने कुरा बाहिरिएको छ।

यता पूजा भने प्रेमी युद्ध बानियाँसँग मिलेर नयाँ रेस्टुरेन्ट खोल्ने तयारीमा छिन्। कलाकारिता बाहेक आफुलाई अन्य कुरामा पनि सक्रिय बनाउनको लागि प्रेमी युद्ध बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्न लागेको पूजाले बताइन्। यही महिनाको अन्तिममा रेष्टुरेन्ट तथा होटल उद्घाटन गर्ने पूजाको तयारी छ।