Sur Cinema

Edit Content

ताजा अपडेट

सिनेमा ‘सतीदेवी’को छायांकन सुरु

काठमाडौं : लक्ष्मण सुवेदीको निर्देशनमा बन्न लागेको सिनेमा ‘सतीदेवी’को छायांकन सुरु गरिएको छ। सोमबार काठमाडौं स्थित भद्रकाली मन्दिरमा पूजा गर्दै छायांकन आरम्भ गरिएको हो।

छायांकनको पहिलो दिन सिनेमाकी मुख्य नायिका मलिका महत लगायतका कलाकारहरुको उपस्तिथि रहेका थियो। सिनेमामा लक्ष्मण सुवेदीकै गीत, कथा र निर्माण रहेको छ।

सिनेमामा मलिकाका अलावा भोलाराज सापकोटा, रमेश वुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सुजिता सिवाकोटी, विमल श्रेष्ठ, तुलसी प्रसादख श्रेष्ठ, मनिषा सापकोटा, श्रृजना अधिकारीको मुख्य भूमिका रहनेछ ।

सिनेमालाई बाबू श्रेष्ठले खिच्दैछन्। एक महिनाको अवधिमा सिनेमाको छायांकन सक्ने निर्माण टिमको योजना रहेको छ।