Sur Cinema

Edit Content

ताजा अपडेट

गायिका बुनु श्रेष्ठको “बहनिया मिला” सार्वजनिक

काठमाडौं
गीतकार प्रकाशदीप श्रेष्ठको शब्द रचना तथा गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नेपाल भाषाको गीत ‘बहनिया मिला’ सार्वजनिक भएको छ ।
शनिवार राजधानीमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो, संगीतकार निल शाक्यको संगीत सिर्जना रहेको उक्त गीतमा भूपेन्द्र बज्राचार्यको संगीत संयोजन रहेको छ भने उक्त गीतलाई साउण्ड ईन्जिनियर महेश्वरमान राज भण्डारीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएको छ ।

गोकर्ण फोरेष्ट रिसोर्टमा छायाँकन गरिएकोे प्रेमकथामा आधारीत म्युजिक भिडियोमा मोडल गायिका बुनु श्रेष्ठ र नायक धिरेन शाक्यको अभिनय रहेको छ । भिडियोलाई उत्तम हुमागाईले छायाँकन गरेका छन् भने प्रेम रसाईलीको नृत्य निर्देशन एवं विकास धमलाको सम्पादन रहेको छ । प्रेम अनुभूति झल्कने उक्त गीतमा एक युवतीको आफ्नो प्रेमी प्रतिको विश्वासको भावलाई दर्शाईएको छ । गीत स्टुडियो साउण्ड मिल नामक युट्युव च्यानलबाट हेर्न सकिन्छ ।