काठमाडौं
नेपाली सिनेमा मेकर्स खुबै प्रभावित हुन्क्छन्। बिदेशी सिनेमाबाट प्रभावित हुने मेकर्स लिस्ट पनि लामै छ । कतिपय कथाबाट प्रभावित हुन्क्छन्। कति गीत संगीत त कति सिन टु सिन फेम टु फ्रेम प्रभावित भएर नेपाली भर्जन निकालिदिन्छन् ।
हो यही प्रभाव परेको छ सिनेमा “नम्बरी सुन” मा । नाम नम्बरी बाए पनि यो सिनेमा मेकर्सले दुई नम्बरी काम गरेको स्पस्टै भएको छ । सिनेमाको पोस्टर सार्वजनिक भयो । साथमा प्रदर्शन मिति भदौ एक पनि समेटियो । समेट्न बिर्सियो त केवल आफ्नो पन ।
हिन्दी सिनेमा “दिल वाले दुल्हनिया लेजाएङ्गे”को पोस्टर जस्ताको त्यस्तै कपि गरिदिए मेकरले । तर त्यही स्तरको लभ स्टोरी बनाउन सकेका छन छैनन त्यो भने हेर्न बाकी छ ।
मेकर्सले कपि त गर्छन तर डिट्टु कपि गर्न नसक्दा अझ भद्रगोल पारेर छोडिदिन्छन । राजु गिरी निर्देशित यो सिनेमाले कम्तिमा हेर्न लायक सिनेमा कपि गर्दै बनाएको अहिलेलाई आशा मात्रै गरौ ।
पोस्टरमा काजल र शाहरुख खान बन्न खोजेका गौरव पहाडी र नम्रता सापकोटा कपिको काममा कति सफल छन त्यो पनि हेर्न बाकी नै छ । यसरी कपि गर्दै बनाउदै गर्दा मौलिकताको प्रश्न त उठ्छ नै । तर पहिला हेर्न लायक सिनेमा बनेको छ भने । तर अब त्यो थाहा पाउन प्रदर्शन नहुदा सम्म पर्खिनुको बिकल्प रहेन ।