काठमाडौं : प्रमोद कँडेल निर्देशित सिनेमा ‘बहाव’को बुधबार काठमाडौंमा प्रिमियर शो गरिएको छ। प्रिमियरमा अधिकांस कलाकारहरु उपस्थित थिए।
सिनेमा हेरिसकेपछि सबैले राम्रो प्रतिक्रिया दिएका छन् । केही प्राविधिक पक्ष बाहेक सिनेमाको सम्पुर्ण कथावस्तु अब्बल रहेको सिनेमा हेर्नेहरुको प्रतिक्रिया छ।
सिनेमा भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।सिनेमामा नायिका सुरक्षा पन्त र कलाकार कमलमणी नेपालले छोरी र बाबुको भूमिका निर्वाह गरेका छन् ।
श्रीधर पौडेल यो सिनेमाका निर्माता हुन् । सिनेमाको कथा र स्क्रिप्ट प्रमोद कँडेलले नै लेखेका हुन् । बाबु र छोरीबीच आउने विभिन्न विषयको उतारचढावपछि छोरीले समात्ने नयाँ क्रान्तिको कथालाई फिल्मले उठान गरेको छ ।