काठमाडौं : नेपाली सिने क्षेत्रको लागि नयाँ मुहार हुन् आशिर्वाद क्षेत्री। चकलेटी लुक्सका आशिर्वादले विकासराज आचार्य निर्देशित सिनेमा ‘नाईं नभन्नू ल ६’ मार्फत सिने नगरीमा डेव्यु गर्दैछन् । उनले यो सिनेमामा नायिका आँचल शर्मासँग स्क्रिन सेयर गरेका छन् ।
टिजरबाट नै एक खालको चर्चा पाएका आशिर्वाद यतिबेला यो सिनेमाको प्रचारप्रसारमा व्यस्त छन् । किनकी आगामी वैशाख १ गतेबाट यो सिनेमा प्रदर्शनमा आउँदैछ। पहिलोपटक आशिर्वाद मिडियामा प्रस्तुत भएका हुन् ।
एक मिडियामा अन्तर्वार्ता दिनेक्रममा ‘नाईं नभन्नू ल ६’को विषयवस्तु मन परेकोले आफू काम गर्न राजी भएको बताएका छन् । यो सिनेमाको मुख्य भिन्नता भनेकै कन्टेन्ट रहेको उनको भनाइ छ।
यो सिनेमा लभको लागि मात्रै नभएर यसले दिने सन्देश पनि निकै महत्त्वपूर्ण रहेको आशिर्वादले बताएका छन् । पहिलो सिनेमा भएको भएर यो सिनेमाबाट आफू निकै उत्साहित रहेको पनि उनले बताएका छन् ।
आशिर्वादका अनुसार म्यासेज मार्फत विकासराज आचार्यले यो सिनेमाको लागि अफर गरेका थिए। लकडाउन अगाडि नै उनलाई यो सिनेमाको लागि अफर आएको थियो रे।
साथै यो सिनेमाको लागि आफुले निकै मिहेनत गरेको उनी बताउँछन् । त्यसो त, सिनेमाको टिजर, ट्रेलर र गीतको भिडियो हेर्दा आशिर्वादको मिहेनत झल्किन्छ नै।
जे होस्, नायकका रुपमा यो सिनेमाबाट सिनेनगरीमा भित्रीएका आशिर्वादको अभिनयलाई दर्शकले कत्तिको रुचाउने हुन् त्यो त सिनेमा प्रदर्शनपछि नै थाहा होला।