Sur Cinema

Edit Content

ताजा अपडेट

‘नाईं नभन्नू ल ६’को गीत ‘तलाउमा ढुंगा नहान’ रिलिज

काठमाडौं : आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नाईं नभन्नू ल ६’ फेरि अर्को नयाँ गीत रिलिज गरिएको छ।

निर्माण टिमले मंगलबार ‘तलाउमा ढुंगा नहान’ बोलको गीत रिलिज गरेको हो। गीतमा राजनराज शिवाकोटी र मेलिना राइको आवाज रहेको छ। गीतको शब्द अनि संगीत चाहिँ वसन्त सापकोटाको रहेको छ।

भिडियोमा यसै सिनेमाका प्रमुख पात्र आँचल शर्मा एअ आशीर्वाद क्षेत्रीको आकर्षक नृत्य देख्न सकिन्छ। सिनेमालाई विकास राज आचार्यले निर्देशन गरेका हुन् ।