Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कामको इज्जत गर्ने कि शोभित जी !

काठमाडौं ।
“कोइ बोलिमा रस हुन्छ कोइ बोलीमा रिस” उदय सोताङ र मनिला सोताङले गाएको यो गीत एक समय धेरै चर्चामा थियो । पुरन गिरीको शब्द रहेको यो गीतका शब्द पुरानो भए पनि अहिले पनि समय सुहाउदिलो लाग्छन । अझ नेपाली सिनेकर्मीलाई त यो गित धेरै सुहाउने देखिन्छ ।
सिनेकर्मी सोभित बस्नेत “जय हो” फिल्मको छायांकनमा ब्यस्त छन । तर ब्यस्तताका वावजुद सामाजिक सन्जालमा तिता अभिब्यक्ती दिन उनलाई कस्ले भेटोस । आफुलाई मन नपरेको ब्यक्ती र बिषयमा त चुप बस्नै सक्दैनन ।
अहिले चलचित्र विकास बोर्डमा बनाईदै गरेका विभिन्न समितीका बारे प्रश्न उठिरहेको छ । असम्बन्धित ब्यक्तीलाई मनलागी ढङले ल्याएर समिती सम्योजक र सदस्य बनाउने क्रम पनि बढेको छ । यसैको सिलासिलामा हुन पर्छ उनले फेसबुकमा एउटा पोस्ट राखेका छन ।

“अब चलचित्र बिकाश बोर्ड अध्यक्ष मा हाम्रो चलचित्र जय  हो का लाइट म्यान पारु चौधरि हुने भन्ने पो सुनियो त 😆”
यसो सुन्दा हासेर उडाउन खोजेको झै लाग्छ । तर, लामो समय सिनेमा मै बिताएका बस्नेतले यसरी काम गर्ने मानिसको मजाक उढाउनु कतिको जायज होला । बिना लाइट म्यान उनले काम कसरी गर्लान ? यसै गरि आफ्नै सिनेमामा काम गर्ने उनलाई सबै काम गर्ने ब्यक्तीले बहिस्कार गरे भने ? आफुलाई आवश्यक परेर काममा लिने । नाम नै राखेर मजाक बनाउने ? यो त गज्जब भएन ।

सन्धर्व जे भए पनि अरुको मान मर्दन गरेर बोल्नु त सही होइन ।
शोभित जी ठुला ठुला बिशयमा बोल्नु अघि आफ्नो समुहका सबैको कामको इज्जत गर्न सिक्नुहोला । होइन भने सबै काम एक्लै गरेर त सिनेमा निर्माण गर्न नसकिएला नी ।