Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मुस्ताङमा सिनेमा ‘दुई कदम’को छायांकन धमाधम

काठमाडौं : गत चैत १६ गतेदेखि छायांकन सुरु भएको सिनेमा ‘दुई कदम’को हाल पनि छायांकन कार्य जारी छ। यतिबेला निर्माण टिम छायांकनको लागि मुस्ताङमा छ।

मुस्ताङमा यो सिनेमाको धमाधम छायांकन भइरहेको छ यतिबेला। मुस्ताङ पश्चात् धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायांकन हुने यस् सिनेमालाई उदय सुब्बाले निर्देशन गरिरहेका छन् ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सिनेमामा दयाराम घिमिरेको कथा रहेको छ। सिनेमालाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन् ।

लभस्टोरी जनरामा आधारित सिनेमामा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भंगेरी कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

विक्रम डिसीको छायांकन रहने सिनेमामा तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्धन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । निर्माण टिमले सिनेमाको प्रदर्शन लक्ष्य भदौ महिनालाई बनाएर छायांकन गरिरहेको छ ।