Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

जीत तपाइकै भएको हो दीपशिखा जी !

काठमाडौं
   नायिकाले पर्दामा काम नपाए पनि सामाजिक संजाल मै पनि आफ्नो अभिनय देखाइरहन्छन । अब काम पाएको दिनमा अभिनय बिर्सिएला भन्ने डर पनि होला कि ?
त्यसो त पदमा पुग्न हरेक हत्कन्डा गर्ने नायिका पनि देखियो । अहिले निर्वाचनको माहौल तातिएको छ । कैले केको चुनाव त कहिले के । कलाकारिता क्षेत्र नी गर्मिएकै हो ।
केही दिन अघि कलाकार संघको निर्वाचन थियो । दिपशिखा खड्का एकाएक तातेर आईन । उनले कलाकारको सदस्यता रिन्यु नगर्दा रेकर्डमा उनको नाम नै हरायो रे । भोट दिन नपाएको झ्वाक उनले पुरानो कार्ड समेत राखेर सामाजिक सन्जालमा लेखिन । संघको गैह्र जिम्मेवारी बारे बोलेकी उनले वाहवाही पाइन । भोट दिन पाइन पाइनन त्यो उनै जानुन  । (जुन पोष्ट निर्देशक समाजको चुनाव पछि हटाईएको छ ।)

अब कुरा गरौ निर्देशक समाजको निर्वाचनको । यहाँ उस्तै नाटक चल्दै थियो । उनै कलाकरको सदस्यता नपाएर रोइलो गर्ने दीपशिखा उपाध्यक्षमा निर्विरोध निर्वाचित भइन् ।
अब कुरा गरौ उनको निर्देशकिय यात्राको । जुन न कहिले सुरु भएको थियो न त निरन्तरता पाउने देखिएको छ । उनले एउटा सिनेमा बनाएकी थिइन “प्रेमलीला” । निर्माता र कलाकार थिइन उक्त सिनेमामा उनी तर सिनेमा बन्दै गर्दा लफडा भयो । रिसको झोकमा उनले निर्देशकको नाम नै सिनेमाबाट हटाइन । सेन्सर गर्ने समयमा उनले निर्देशकको नाम राख्न पर्यो । त्यहा बाध्यताबस उनले आफ्नै नाम राखिन ।
हो यही नाम भजाएर उनी निर्विरोध उपाध्यक्ष भइन ।

अहिले उनी शिव खेडाको पुस्तक “जीत तपाइको” पढ्दै छु भनेर सामाजिक सन्जालमा देखाउदै छिन । अन्य तस्विर हेर्दा भ्याकेसन मनाउन उनी कतै तराई तिर गए झै देखिन्छ । तर कलाकार न परिन नाटक गर्नै पर्यो ।

अनि फेरी, उनको जीत त बिना कुनै लडाई भैसकेको छ । यस्तोमा यो पुस्तक पडिरहन जरुरी नै छैन ।
हातमा सिनेमा छैनन । बरु यस्तो अभिनय कहि कतैबाट अफर आए क्यामेरा अगाडि नै गर्नुस क्या दीपशिखा जी !