काठमाडौँ । मंगलबार चलचित्र विकास बोर्डले सामाजिक संजालमा फिल्म पाइरेसी बढेपछि त्यसलाई रोक्नका लागि भन्दै ‘सिनेमा साइबर सेक्युरिटी डेस्क’को बारेमा कार्यक्रम राखेको थियो।
यस कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अधिकांश कलाकारलाई खबर गरेका थिए। तर, कलाकारकै लागि र निर्माण पक्षका लागि भनिएको यस कार्यक्रममा उनीहरु नै आइदिएनन्।
कार्यक्रम हलमा कलाकार नै नदेखेपछि भुवनले सबैलाई सुचना नपुगेकाले उहाँहरु नआउनु भएको हुन सक्छ भन्दै मन खिन्न पारे।
बोर्ड अध्यक्ष भएपछि विवादै विवादमा तानिएका केसीको कार्यक्रम कलाकारले थाहा नपाएर पनि नगएका हुन् कि या थाहा नपाएका हुन् थाहा भएन। तर, कार्यक्रममा एकजना पनि कलाकार नदेखिनुमा पक्कै केसीको कार्यक्रम बहिस्कार गरेका हुन कि भन्ने आभास देखिन्छ।
बोर्डले समयै सुचना दिन नसकेको र प्रष्ट रुपमा के कार्यक्रम नराखिएको भन्दै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले आक्रोश पोखे। उनले आइन्दा कार्यक्रममा बोलाउदा के विषयमा छलफल गर्न निमन्त्रण गरिएको हो त्यो अगाडी नै प्रष्ट पार्न आग्रह गरे।
बोर्डमा आयोजित समारोहमा अध्यक्ष भुवन केसीले फेसबुक, युट्युव र टिकटकजस्ता प्लेटफर्ममा फिल्म पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेकाले यो चुनौति रोक्न कदम चालिएको बताए ।